Sajhamanch Archive

सडकमा उत्रिए एक लाख किसान, संसद भवन घेर्ने तयारी

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

नयाँ दिल्ली । ऋण माफी र कृषि उपजको उचित मूल्य माग गर्दै करिब एक लाख किसान भारतको राजधानी नयाँ दिल्लीमा भेला भएका छन् ।

बिहीबारदेखि उनीहरु भारतका विभिन्न क्षेत्रबाट दिल्लीमा आयोजित ¥याली र सभामा सहभागिताका लागि आएका हुन् । उनीहरु आज संसद भवन घेराउ गर्ने तयारीमा छन् ।

अखिल भारतीय किसान संघर्ष समन्वय समितिका अनुसार किसान तथा कृषि मजदूरसँग सम्बन्धित विभिन्न २०७ संगठनको सहभागितामा कार्यक्रम आयोजना भएको हो । पञ्जाव, हरियाणा, उत्तर प्रदेश, आन्ध्र प्रदेश, गुजरात, मध्य प्रदेश, महाराष्ट्र, तमिलनाडु, पश्चिम बंगाललगायतका राज्यबाट ठूलो संख्यामा किसानहरु दिल्ली आइपुगेका छन् ।

किसानहरुको ¥यालीका कारण नयाँ दिल्लीको यातायात व्यवस्था प्रभावित भएको छ ।

किसानहरु संसद भवन घेराउका लागि जाने तयारी गरिरहँदा स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा तुल्याएको जनाइएको छ । दिल्लीका विभिन्न स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *