Sajhamanch Archive

राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनौट

Published: (Updated: ) in खेलकुद by .

मेचीनगर । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७५ मा भाग लिने झापाका खो–खो खेलका महिला तथा पुरुष खेलाडी शुक्रबार छनौट भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा प्रदेश नम्बर ५ मा सञ्चालन हुने सो प्रतियोगितामा प्रतिष्पर्धा गर्ने खो–खोका २८ जना खेलाडी छानिएका छनौट समितिका सह संयोजक एवम राष्ट्रिय रेफ्री जयप्रकाश राजवंशीले बताए ।

झापाबाट छानिएका पुरुषतर्फका खेलाडीहरुमा प्रमोद साह, निर्जन तामाङ, प्रकाश चौधरी, मनोज राजवंशी, कुशल मेचे, किरण राजवंशी, सन्तोष राजवंशी, समिम आलम, बासुलाल राजवंशी, रुपक राजवंशी, खण्डासिंह राजवंशी, करण पासवान, महेश राजवंशी, राकेश चौधरी र सञ्जिव श्रेष्ठ छन् ।

त्यस्तै महिलातर्फ मनु तामाङ, सरिता रसाइली, आकृति चौधरी, सुरेजा खातुन, निकीता मण्डल, लिलावती राजवंशी, प्रज्ञा तामाङ, रजनी बस्नेत, अमिता न्यौपाने, निशा भट्टराई, सोनु हाङमा माबो, सोलमी रिजाल र जानुका राजवंशी रहेका छनौट समितिका प्रमोद दासले जानकारी दिए ।

खेलाडी छनौट समितिका संयोजक रतिया राजवंशीको अध्यक्षता एवम जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष भेषराज भण्डारीको प्रमुख आतिथ्यतामा विर्तामोडस्थित अनारमनी पब्लिक क्याम्पस परिसरमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल बक्सिङ संघका उपाध्यक्ष एवँ विर्तामोड नगर वडा नम्बर ३ का अध्यक्ष भोजराज सिटौला, जिल्ला खेलकुद विकास समितिका सदस्य ज्ञानेन्द्र राई, कार्यालय प्रमुख टहलदाश मैनाली, प्रशिक्षण विभाग प्रमुख टार्जन सुब्बा, अनारमनी पब्लिक क्याम्पसका प्रमुख मोहन शिवाकोटी, कराते सहायक प्रशिक्षक दुर्गाराज निरौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *