नेपाल दशनामी समाजद्वारा ५८ जना सम्मानित
Published: (Updated: )
by .बिर्तामोड । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले ५८ जना दशनामीलाई सम्मान गरेको छ । समितिले शनिवार झापाको चारपानेमा बिर्तामोड नगरभित्र रहेका जेष्ठ नागरिक तथा एकल महिला दशनामीहरुलाई सम्मान गरेको हो ।
बिर्तामोड नगर समितिले आयोजना गरेको सम्मान कार्यक्रममा बिर्तामोड–१ का २ जना, बिर्तामोड–२ का १४ जना, बिर्तामोड–५ का ६ जना, बिर्तामोड–६ का ६ जना र बिर्तामोड–७ का १ जना एकल महिलालाई सम्मान गरेको छ । त्यस्तै जेष्ठ नागरिकमा बिर्तामोड–२ का ९ जना, बिर्तामोड–४ का २ जना, बिर्तामोड–५ का ५ जना, बिर्तामोड–६ का ६ जनालाई सम्मान गरेको छ । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल दशनामी समाज प्रदेश नं. १ अध्यक्ष चन्द्रप्रसाद गिरी, विशिष्ठ अतिथि केन्द्रीय सल्लाहकार केदारप्रसाद गिरी, विशेष अतिथि प्रदेश नं. १ का सल्लाहकार संयोजक केदार सम्शेर गिरी, विशेष अतिथि प्रदेश नं. १ का सहसचिव पदमबहादुर पुरी, लगायतले टोपी, बर्को, माला र सम्मानपत्रले सम्मान गरेको थिए । कार्यक्रममा जेष्ठ नागरिक तथा दशनामीको भवनका लागि जग्गादान दिने ९७ बर्षिया मानबहादुर गिरीलाई समेत सम्मान गरिएको थियो ।
त्यसैगरी नगर समितिले कोष स्थापनका लागि सहयोग गर्ने तथा प्रदेश नं. १ मा निर्वाचित हुने दशनामीहरुलाई समेत सम्मान गरेको छ । सम्मानीत हुनेहरुमा नेपाल दशनामी समाज प्रदेश नं. १ का अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि चन्द्रप्रसाद गिरी, सहसचिव पदमबहादुर पुरी, सदस्य बालकृष्ण गिरी महिला सदस्य सुशिला गिरी(भारती), झापा जिल्ला सदस्य शेखर पुरी, नगर सल्लाहकार शंकर गिरी, सन्तोष गिरीलाई सम्मान गरेको छ । उनीहरुलाई नगर अध्यक्ष अर्जुन गिरीसहित कार्यसमिति, विशिष्ठ अतिथिले सम्मान गरेको थियो । उनीहरुलाई माला, टोपी र सम्मानपत्रले सम्मान गरिएको थियो ।
नगर अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत नगर उपाध्यक्ष जानुका गिरीले गरेकी थिइन् । कार्यक्रममा सम्मानीत जेष्ठ नागरिकका तर्फबाट अम्वरबहादुर गिरी र एकल महिलाको तर्फबाट दशनामीकी झापा महिला अध्यक्ष पार्वता गिरीले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा समाजका क्षेत्र नं. २ अध्यक्ष सूर्यप्रसाद गिरी, प्रदेश नं. १ का सल्लाहकार संयोजक केदार सम्शेर गिरी, केन्द्रीय सल्लाहकार केदारप्रसाद गिरी, प्रदेश नं. १ का सहसचिव पदमबहादुर पुरी, प्रदेश नं. १ का अध्यक्ष चन्द्रप्रसाद गिरीले नगर समितिले गरेको कार्यको प्रशंसा गरेका थिए । कार्यक्रमको सञ्चालन नगर सचिव उद्धव पुरीले गरेका थिए ।
Comments