Sajhamanch Archive

युएईका दुई जेलमा ७८ जना नेपाली

Published: in समाज by .

युएई । युएईका दुई जेलमा ७८ जना नेपाली रहेको भेटिएको छ ।

नेपाली दूतावास युएईका प्रतिनिधिले गएको दुई दिनमा सारजहा र दुबईका जेलमा रहेका नेपालीलाई भेटेका छन् ।

युएईका जेलमा रहेका नेपालीको अवस्थाबारे अध्ययन गर्न दूतावासका प्रतिनिधिले जेलमै पुगेर भेट गरेका हुन् ।

यो वर्षमा दोस्रो पटक सुरु गरेको जेल भ्रमण अभियान अन्तर्गत दुतावास प्रतिनिधि टोली गएको बुधवार युएईको सारजाह जेल पुगेको थियो ।

सारजाह जेलमा ३ जना महिला र ७ जना पुरुष रहेका दूतावासले जनाएको छ ।

त्यस्तै दुबईको अल अविर सेन्टर जेलमा ४ जना महिला र ६४ जना पुरुष सहित ६८ जना नेपालीले जेल जीवन बिताइरहेको दुतावासकी द्वितीय सचिव तथा सूचना अधिकारी बिष्णु अधिकारिले जानकारी दिनुभयो ।

यूएईका सात वटा राज्यमा रहेका ८ वटा कारागारमा जेल जीवन बिताइरहेका नेपालीको मुद्दा, उनीहरुमाथि लागेको आरोप र अवस्थाबारे जानकारी लिने र गर्न सक्ने कानुनी सहजीकरणका लागि योजना बनाउन दूतावासले जेल भ्रमण अभियान सुरु गरेको हो ।

युएईका लागि कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलका अनुसार दुतावास टोली आउँदो हप्तादेखि बाँकी रहेका अरु ६ वटा जेलमा पुग्नेछ ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *