Sajhamanch Archive

कति वर्षमा पूरा होला एचआईभी संक्रमित खोज्ने लक्ष्य ?

Published: (Updated: ) in स्वास्थ्य by .

काठमाडौं । विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा ९० प्रतिशत संक्रमित पत्ता लगाउने र उनीहरुलाई एचआईभी प्रतिरोधक औषधि सेवन गराउने लक्ष्य निर्धारण गरेको छ ।

विश्व स्वास्थ्य संगठनको यो लक्ष्य पूरा गर्न नेपाल सरकारसँग अब मात्रै २ वर्ष बाँकी रहेको छ ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण महाशाखाका वीर बहादुर रावलका अनुसार नेपालमा रहेका एचआईभीरएड्स संक्रमितको अवस्था पत्ता लगाउन सन् २०१६ देखि ०२० सम्मको कार्ययोजना बनाइएको छ ।

कार्ययोजनामा ९०–९०–९०र२०२० मा जोड दिइएको छ । अर्थात संक्रमित ९० प्रतिशत पत्ता लगाउने, ९० प्रतिशतलाई औषधि खुवाउने र ९० प्रतिशतको भाइरस परीक्षण गर्ने तथा औषधिको प्रभावकारिता जाँच्ने ।

नेपालमा ३१ हजार २० जनामा एचआईभीको संक्रमण रहेको अनुमान गरिएको छ। तर हालसम्म १९ हजार ७ सय २ जना मात्रै संक्रमित पत्ता लागेको रावलले जानकारी दिए । जवकी सन् २०२० सम्म २८ हजार संक्रमित पत्ता लगाउने सरकारी लक्ष्य छ ।

सरकारी तथ्यांकअनुसार पत्ता लागेकामा पनि नेपालमा १६ हजार संक्रमितले मात्रै औषधि सेवन गरिरहेका छन् । यस्तै औषधि खाइसकेपछि ९० प्रतिशतलाई औषधिले काम गर्नुपर्ने हुन्छ ।

तर अहिले भाइरस परीक्षण गर्ने मेसिनको अभाव हुँदा तोकिएको समयमा सबै संक्रमितको भाइरस परीक्षण गर्न नसकिएको रावलले बताए । जसले गर्दा सरकारको लक्ष्य अनुसार काम हुने सम्भावना कम देखिएको छ ।

योजनाअनुसार काम सम्पन्न हुने हो भने सन् २०२० सम्म संक्रमितलाई औषधिले काम गरेको संख्या २३ हजार पु(याउनु पर्ने हुन्छ । तर अहिले ७ हजार संक्रमितलाई मात्रै औषधिले काम गरेको बुझिएको छ ।
संक्रमितले सेवन गरेको औषधिले काम गरेको छ कि छैन भन्ने प्रमाणित गर्नको लागि भाईरल लोड जाँच हेर्नुपर्ने हुन्छ । नेपालमा भने सबै औषधि सेवन गर्ने सबै संक्रमितकोे भाईरल लोड जाचँ गर्न सक्ने अवस्था छैन । अर्थात पर्याप्त मात्रामा मेसिन छैन ।

वीर बहादुर रावल

महाशाखाका रावल भन्छन्, ‘भाइरल लोड परीक्षण गर्ने मेसिन निकै कम छ । एक वर्ष पहिला टेकुमा र सुदूरपश्चिमञ्चलमा गरी दुई वटा मात्रै थियो । अन्य ६ प्रदेशको भाइरल लोड परीक्षणको लागि सबै टेकुमा ल्याइथ्यो । सबै परीक्षण सम्भव नभएको कारणले पनि कति संक्रमितलाई औषधिले काम गरेको छ भन्ने कुराको बारेमा जानकारी लिन सकेका छैनौँ ।’

‘नेपालमा एचआईभी–एड्स संक्रमितको अवस्था हेर्ने हो भने विपन्न परिवार धेरै छन्’, उनले थपे, ‘अशिक्षित र विपन्न परिवार, स्वास्थ्यमा पहुँच कम भएका परिवारहरु बढी समस्या छन् । निःशुल्क पाइने औषधि लिनलाई जाने पैसासम्म नहुने अवस्थाका संक्रमितहरु धेरै भएको कारण मृत्यूदर पनि बढ्दै गएको छ ।’

एकिन तथ्याङक सरकारसँग नभए पनि झण्डै १२ हजार गर्भवती आमाहरु संक्रमित रहेको अनुमान गरिएको छ । नेपालमा ७ लाख गर्भवती महिलामा एचआईभी–एड्स परीक्षण गर्दा ३ देखि ४ सय जनामा पोजेटिभ देखिने गरेको छ ।

अन्य देशको तुलनामा नेपालमा नयाँ संक्रमितको संख्या कम छ भनेर सरकारले दाबी गरेपनि संक्रमित भएका व्यक्तिहरु माझ कार्यक्रम अझै पुग्न सकेको छैन।

नेपाल सरकारले एड्स रोगीहरुलाई निशुल्क औषधि वितरण गर्दै आइरहेको छ । अहिले नेपालमा १६ हजार संक्रमितले निशुल्क औषधि सेवन गर्दै आएका छन् ।

एड्स संक्रमितले दैनिक औषधि सेवन गर्नुपर्ने हुन्छ । नियमित औषधि सेवन गरेमा एचआईभी बाट डराउनु नपर्ने चिकित्सकहरुले बताउँदै आएका छन् । एचआईभी भएकाले नियमित औषधि सेवन र स्वास्थ्य परीक्षण गरे सामान्य मान्छे जसरी नै जीवन जिउन सकिन्छ ।

एचआईभी संक्रमित दम्पत्तीले सन्तान जन्माउन चाहेको खण्डमा नेपालमा पिएटीसिटी कार्यक्रम अन्तरगत आमाबुबा दुबैले औषधि खाएर संक्रमित नभएको जन्माउन सकिन्छ ।

एचआईभी–एड्सको रिपोर्ट राख्ने संख्या नासाले दिएको जानकारी अनुसार सन् २०१३ मा नेपालमा सरकारी र गैरसरकारी संस्थाले एड्सबारे अध्ययन गर्न १ अर्ब ६६ करोर खर्च गरेका थिए । यस्तै ०१४ मा एक अर्ब ८८ करोड, ०१६ र ०१८ मा २ अर्ब खर्च गरेको थियो ।

यसरी करोडौँ संक्रमितको नाममा खर्च गरिरहँदा उल्लेख मात्रामा काम भने हुन नसकेको हो ।

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *