मिस कोच इन्टरनेश्नल प्रशिक्षण आईतबारबाट शुरु
Published: (Updated: )
by .झापा । मिडिया हाउसको आयोजनामा नेपालमै पहिलोपटक हुन गईरहेको मिस कोच ईन्टरनेश्नलको प्रशिक्षण आज आईतबार बाट शुरु भएको छ । झापाको घैलाडुब्बा स्थित टेकनारायणबारीमा सहभागिहरुको प्रशिक्षण शुरु भएको हो ।
प्रशिक्षण कार्यक्रम कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र कुमार पोखरेलले उद्घाटन गरेका थिए । नेपाल सहित भारतको आसाम, मेघालय, उत्तरबंगाल लगायत बिभिन्न स्थानमा भएको अडिसनबाट छनौट भएका सहभागि प्रतियोगिहरुलाई कोच समुदायको रहनसहन, रितिवाज, संस्कार संस्कृति, खानपान सहित बिभिन्न प्रशिक्षण दिईने झापा मिडिया हाउसका डाईरेक्टर अभय राजवंशीले जानकारी दिए । १५ दिनसम्म हुने प्रशिक्षणको कोरियोग्राफर सपना राजवंशीले गर्ने छन् । कोच समुदायका महिलाहरुको ब्यक्तित्व तथा नेतृत्व विकास गराउने उदेस्यले यस ऐतिहासिक कार्यक्रमको आयोजना गरिएको जनाईएको छ ।
कार्यक्रममा कन्काई नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष देवि अधिकारी, २ का अध्यक्ष पर्शुराम गिरी, ३ का अध्यक्ष रुद्र प्रसाद चिमरिया, ४ का अध्यक्ष गोविन्द प्रसाद पौडेल, ५ का अध्यक्ष कृष्ण राई, ६ का अध्यक्ष लक्ष्मि ओली, ७ का अध्यक्ष लिला बहादुर कन्दङ्वा, ८ का अध्यक्ष प्रेम बहादुर कटुवाल, वडा नम्बर ९ का अध्यक्ष प्रेम प्रसाद राजवंशी, कार्यपालिका सदस्य चुवा लाल राजवंशी, साथै राजेन्द्र आङ्वुहाङ, नरमान श्रेष्ठ, शान्ता चुडाल, कोच केन्द्रका उपाध्यक्ष धर्म राजवंशी, सचिव जय प्रसाद राजवंशी, आदिवासिजनजाती महासंघकी केन्द्रिय सचिव सुकमती राजवंशी, भोईस अफ कोच आसामका जेनेरल सेक्रेटरी कौसिक राय, जाजाङ कोच, धर्मराज माझी, जानुका ताजपुरीया लगायतको आतिथ्यता रहेको थियो ।
Comments