Sajhamanch Archive

प्रदेश कमिटीको नामावली तयार कुनबाट को परे हेर्नुहोस पुरा विवरण

Published: in प्रदेश तह by .

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले आज सोमबार प्रदेश कमिटीको नाम सार्वजनिक गर्ने भएको छ ।

एक साताअघि बसेको पार्टी सचिवालय बैठकले प्रदेश कमिटीको नाम टुंग्याएको थियो ।

तर, अन्तिम रुजु गर्न बाँकी रहेकाले सचिवालयले नाम सार्वजनिक गरेको थिएन ।

आज नाम सार्वजनिक गर्ने तयारी रहेको पार्टी महासचिव विष्णु पौडेल निकट स्रोतले बाह्रखरीलाई जानकारी दिएको छ ।

प्रदेश १ को २०७ सदस्यीय कमिटीमा पूर्वएमालेबाट १ सय २२ जना र माओवादी केन्द्रबाट ८५ जना परेको स्रोतले जानकारी दिएको छ ।

यस्तै, प्रदेश नम्बर २ मा पूर्वएमालेबाट १ सय ७ जना र माओवादीबाट १ सय ६ जना चयन भएका छन् ।

२१५ सदस्यीय कमिटीमा २ जनाको नाम रिक्त राखिएको छ । पार्टी प्रवेशको तयारी भएकोले नवप्रवेशीलाई २ सदस्य खाली राखिएको हो ।

प्रदेश नम्बर ३ को २ सय १७ सदस्यीय कमिटीमा पूर्वएमालेबाट १ सय १६ र माओवादी केन्द्रबाट १ सय १ जना परेका छन् ।

गण्डकी प्रदेशको १८७ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमालेबाट १ सय २ र माओवादी केन्द्रबाट ८५जना परेको स्रोतले जानकारी दियो ।
यस्तै प्रदेश ५ को २ सय ३ सदस्यीय कमिटीमा पूर्वएमालेबाट १ सय ६ र माओवादी केन्द्रबाट ९७ जना परेका छन् ।

कर्णाली प्रदेशको १ सय ७५ सदस्यीय कमिटीमा पूर्वएमालेबाट ८७ र माओवादी केन्द्रबाट ८८ जना सदस्य रहने भएका छन् ।

सुदूरपश्चिम प्रदेशको १ सय ८३ सदस्यीय कमिटीमा पूर्वएमालेबाट १०० र माओवादी केन्द्रबाट ८३ जना सदस्य रहने भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *