केर्खामा २७ औं अन्तराष्ट्रिय दिवस मनाइयो
Published: (Updated: )
by .कमल । “अपाङ्गता भएका व्याक्तिहरुको सशक्तिकरण तथा समावेशिता र समानताको शुनिश्चिता” भन्ने नाराका साथ सोमबार २७ औं अन्तराष्ट्रिय अपाङ्गदिवस देशभर विविध कार्यक्रमगरी मनाईएको छ ।
यसै अवसरमा २७ औं अन्तराष्ट्रिय दिवस मुल समारोह समितिको आयोजनामा झापाको कमल गाउँपालिका ३ केर्खाको खेल मैदानमा विभिन्न कार्यक्रम गरी २७ औं अन्तराष्ट्रिय अपाङ्गदिवस सम्पन्न भएको थियो ।
राज्यबाट शिक्षा र योग्यताका आधारमा अवसर पाउनु पर्छ, सहयोग भन्दा पनि अवसरका साथै सीपको मुल्याङ्कन हुनु पर्ने बारदशी गाउँपालिकाबाट कार्यक्रममा सहभागी हुन आएको सन्तोस सुवेदीले बताए । अपाङ्गता भएका भएका व्याक्तिहरुमा पनि योग्यता र क्षमता हुन्छ त्यसको कदर गर्दै अवसर दिनु पर्ने दमक अपाङ्ग समितिकी उपाध्यक्ष मनु तिम्सिना बताउँछिन् अपाङ्ग भएका व्याक्तिलाई सुविधा होइन, अवसर दिनुपर्छ र राज्यबाट भएका केहि कानुन समेत परिवर्तन गर्न आवश्यक रहेको जिल्ला अपाङ्ग समन्वय समितिका अध्यक्ष खगेन्द्रप्रसाद भट्टराईले बताए ।
सहभागीहरुले प्लेकार्ड सहित केर्खा बजार परिक्रममा गरेका थिए । बजार परिक्रम पछि सुरु कार्यक्रममा प्रदेशसभा सदस्य महेन्द्रकुमारी सुब्बा, कमल गाउँपालिका उपाध्यक्ष बेणुप्रसाद सिवाकोटी, नवोदय वहुउदेशयीय सहकारी संस्थाका उपाध्यक्ष बलराम गजुरेल, अपाङ्ग संघका नेता लगायत विभिन्न संघ सस्थाका प्रतिनिधीले २७ औं अन्तराष्ट्रिय अपाङ्गदिवसका बारेमा बोलेका थिए ।
यसै अवसरमा चन्द्र दर्शन सहकारी संस्थाले मंगलमय माध्यमिक विद्यालयका अध्ययनरत सुस्त श्रवणर भएका २५ जना विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरेको संस्थाका व्यवस्थापक राजु थापाले जानकारी दिए ।
Comments