Sajhamanch Archive

सुदूर पश्चिम र कर्णालीका ४० स्थानीय तह अझै बैंक पहुच बाहिर

Published: in प्रदेश तह by .

काठमाडौं । सुदूरपश्चिम प्रदेशका २३ र कर्णाली प्रदेशका १७ स्थानीय तह अझै वाणिज्य बैंकबिहीन रहेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये ६५ र कर्णाली प्रदेशका ७९ स्थानीय तह मध्ये ६२ स्थानीय तहमा मात्र बैंकका शाखा पुगेका छन् ।

बैंकका अनुसार प्रदेश नं १ का १८ स्थानीय तहमा वाणिज्य बैंंक पुगेका छैनन् । प्रदेशका कूल १ सय ३७ स्थानीय तहमध्ये १ सय १९ मा बैंक पुगेका हुन् ।

यसैगरी प्रदेश नं २ का १ सय ३६ स्थानीय तहमध्ये १ सय ३१ तहमा बैंकका शाखा खुलिसकेका छन् । प्रदेश नं २ का चार वटा मात्रै स्थानीय तहमा बैंकका शाखा पुग्न नसकेको राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।

राजधानी काठमाडौंसमेत रहेको प्रदेश नं ३ मा पनि हालसम्म ८ स्थानीय तहमा बैंकको शाखा खुल्न सकेको छैन ।

सो प्रदेशमा कूल १ सय १९ स्थानीय तह रहेकामा गत असोज मसान्तसम्म १ सय ११ स्थानीय तहमा मात्रै बैंकका शाखा खुलेका छन् ।

गण्डकी प्रदेशका कूल ८५ स्थानीय तहमध्ये ८२ वटामा मात्रै बैंकका शाखा खुलेका छन् ।

सो प्रदेशका ३ स्थानीय तहमा मात्र बैंकका शाखा खुल्न सकेका छैनन् ।

वाणिज्य बैंक पुगेको सबैभन्दा राम्रो रेकर्ड प्रदेश नं ५ को छ । प्रदेशका २ स्थानीय तहमा बैंकको शाखा नपुगेको केन्द्रीय बैंकले जनाएको छ ।

कूल १ सय ९ मध्ये १ सय ७ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् ।

सरकारले हरेक स्थानीय तहमा वाणिज्य बैंकको शाखा खोल्नैपर्ने अनिवार्य व्यवस्था गरेको भए पनि ७६ स्थानीय तहमा अझै बैंक पुग्न सकेका छैनन् ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो एक विवरणअनुसार कूल ७५३ स्थानीय तह मध्ये ६७७ स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा पुगेका छन् ।

केन्द्रीय बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाको संख्या गत असार मसान्तमा १ सय ५१ रहेकामा गत असोज मसान्तसम्म १ सय ५४ पुगेको छ ।

त्यसमा २८ वाणिज्य बैंक, ३३ विकास बैंक, २४ वित्त कम्पनी र ६९ लघुवित्त संस्था सञ्चालनमा छन् । बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल गत असार मसान्तमा छ हजार ६५१ रहेकामा गत असोज मसान्तमा ७ हजार १४ पुगेको छ ।

बैंक तथा वित्तीय संस्था गाभ्ने र गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु भएपश्चात् गत असोज मसान्तसम्म कूल १ सय ६४ वटा बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिएका छन् ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *