Sajhamanch Archive

ताल्चा फुटाएर सहकारीबाट दिउँसै ४ लाख चोरी

Published: in सहकारी by .

काठमाडौं । काठमाडौं ३०, मैतिदेवीमा रहेको एक सहकारीबाट दिउँसै ४ लाख रुपैयाँ चोरी भएको छ ।

नव लुम्बिनी बचत तथा ऋण सहकारी संस्थाबाट सोमबार दिउँसो ४ लाख रुपैयाँ चोरी भएको हो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक ९डीएसपी० होविन्द्र बोगटीका अनुसार सेफको ताला फुटाएर चोरी भएको खुलेको छ ।

घटनाको विषयमा विस्तृत अनुसन्धान भइरहेको बोगटीको भनाइ छ ।स्रोतका अनुसार सहकारीको सीसी टीभीमा पनि ताला फुटाएको दृश्य कैद भएको छैन ।

सीसी टीभीमा पनि केही नदेखिएकाले सहकारीको वस्तुस्थितिबारे राम्रोसँग जानकार व्यक्तिले नै चोरी गरेको हुनसक्ने प्रहरीको आशंका छ ।

यसैबीच, काठमाडौं, गोकर्णेश्वर(७ मा डेरा गरी बस्ने एक व्यक्तिको कोठाबाट सुनका विभिन्न गरगहनासहित नगद रुपैयाँ पनि चोरी भएको छ ।

धादिङ घर भएका नवराज घिमिरेको कोठाबाट सोमबार साँझ सुनका विभिन्न किसिमका गरगहना २ तोला र नगद २० हजार रुपैयाँसहित गरी करिब १ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *