Sajhamanch Archive

कार्यस्थलमै निःशुल्क स्वास्थ्य सेवा

Published: in राष्ट्रिय समाचार by .

मेचीनगर । सार्वजनिक तथा निजी सवारी साधनका चालक तथा सहचालकहरुको मंगलबार झापाको मेचीनगरमा निःशुल्क आँखा तथा कान परीक्षण गरिएको छ ।

सडक सुरक्षा सप्ताह २०७५ को अवसरमा काँकरभिट्टा बसपार्कमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र नेपाल रेडक्रस सोसाइटी झापा शाखाको संयुक्त आयोजनामा भएको निःशुल्क आँखा कान उपचार शिविरमा संयौंले सेवा लिएका थिए ।

चालकहरुको आखाँका कारण पनि सडक दुर्घटना हुने गरेका कारण सडक दुर्घटना न्यूनिकरण गर्र्ने उद्देश्यले काँकरभिट्टा बसपाकर्कमै शिविर सञ्चालन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेश राईले बताए । उनका अनुसार सडक सप्ताह २०७५ का अवसरमा झापाका विभिन्न नौ स्थानमा यस्ता चेतनामुलक कार्यक्रम आयोजना गरिएको छ ।

दृष्टि आँखा अस्पताल एण्ड रिसर्च सेन्टर विर्तामोडको प्राविधिक सहयोगमा भएको शिविरमा अजितकुमार ठाकुरले आँखा तथा श्यामसुन्दर यादवले कानको परीक्षण गरेका थिए । शिविरमा हजारौ रुपैयाँ बराबरको औषधि समेत अस्पतालले निःशुल्क वितरण गरेको अस्पतालका अध्यक्ष रामकुमार उप्रेतीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *