संशोधन हुँदै राष्ट्रिय सुरक्षा नीति
Published: (Updated: )
by .काठमाडौँ । थुप्रै देशमा राष्ट्रिय सुरक्षा नीतिलाई संविधानपछिको दोस्रो महत्वपूर्ण दस्तावेज मानिन्छ ।
तर नेपालमा भने यो नीति दशकौंंसम्म बेवास्ताको सिकार बन्यो । अहिले भने सरकारले यो नीतिलाई समयानुकूल बनाउन पहल थालेको छ ।
राष्ट्रिय सुरक्षा नीति २०७३ संसोधनका लागि छलफल तीव्र पारिएको छ । संसोधन नीतिमा कूटनीति र रक्षाबीच समन्वय बढाउने पहल हुँदैछ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षा नीति २०७३ संसोधनको नेतृत्व गरिरहेका छन् । उनकै संयोजनमा परिमार्जनको काम भइरहेको छ ।
अन्नपूर्ण दैनिकबाट ।
Comments