Sajhamanch Archive

कुकुर नै फुटबल खेल्दै, गाेल हुनबाट जाेगायाे

Published: (Updated: ) in खेलकुद, by .

कुकुर मानिसको रक्षक मात्रै हैन साथी पनि हो। नेपालमा त कुकुरको पूजा नै गरिन्छ। हरेक अपराध पत्ता लगाउन कुकुरको महत्वपूर्ण भूमिका हुने गरेको छ।

तर कुकुर पनि खेलमा सामेल भयो भन्दा तपाईंलाई अनौठो लाग्न सक्ला तर अनौठो नमान्नुस्। अर्जेटिनाको तेस्रो डिभिजनको खेल चलिरहँदा एक कुकुरले गोल हुनबाट बचाएको छ। अर्जेन्टिनाको डिफेन्सोरेस ड बेल्ग्राने र युभन्टस युनिडाबीचको खेल चलिरहँदा जब बेल्ग्रानोका गोलकिपरले बललाई क्लियर गर्ने क्रममा डिफेन्सोरेका खेलाडीले गोललाई रोक्दा बल गोलपोष्टतर्फ सोझिएको थियो।

त्यहि समयमा एक कुकुर दौडिदै मैदानमा आएर गोललाई रोक्याे र गोल हुनबाट जोगायो। त्यो खेलमा बेल्ग्राने ३–० गोल अन्तरले पराजित भयो। यद्यपी कुकुरले त्यो गोल नरोकेको भए। बेल्ग्रानोले थप एक गोल खान पुग्यो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *