Sajhamanch Archive

यो साता सुनको भाउ १३ सय रुपैयाँले बढ्यो

Published: (Updated: ) in अर्थतन्त्र by .

काठमाडौं । यो हप्ता सुनको भाउ तोलामा १३ सय रुपैयाँ बढेको छ । सुन शुक्रबार तोलाको ५८ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हप्ताको पहिलो दिन तोलाको ५७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार २ सय रुपैयाँले बढ्यो । त्यसपछि मंगलबार एकैदिन तोलामा ९ सय रुपैयाँ बढेको सुनको भाउ बुधबार एक सय र बिहीबार तीन सय रुपैयाँ बढेको हो । शुक्रबार भने सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको छ ।

यस्तै चाँदीको भाउ यो हप्ता तोलामा १५ रुपैयाँ बढेको छ । आइतबार ७ सय रुपैयाँमा कारोबार भएको चाँदी शरक्रबार तोलाको ७ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *