Sajhamanch Archive

सामाजिक सुरक्षा कोषमा १ सय ९४ वटा रोजगार दाता कम्पनी सूचीकृत

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । सामाजिक सुरक्षा कोषमा १ सय ९४ वटा रोजगार दाता कम्पनी र प्रतिष्ठानहरु सूचीकृत भएका छन् ।

सरकारले गत कार्तिंकमा सूचिकरण हुन सूचना जारी गरे यता मंसिर २० गतेसम्म सूचीकृत हुने कम्पनी र प्रतिष्ठनको संख्या झण्डै २ सय पुगेको हो ।

सामाजिक सुरक्षा कोषले आज पत्रकार सम्मेलन गरी सामाजिक सुरक्षा कोषमा समावेश भएका १ सय ९४ कम्पनी तथा प्रतिष्ठानहरुको नामावली सार्वजानिक गरेको हो ।

सूचिकरण प्रक्रियालाई सहज बनाउन अनलाइन पद्धति अपनाइएकाले रोजगारदाताहरुलाई सहज भएको सामाजिक सुरक्षा कोषले जनाएको छ ।

रोजगारदाता दर्ता भएको ३ महिनाभित्र संस्थामा कार्यरत श्रमिक तथा कर्मचारीको सूचिकरण गरिसक्नु पर्ने व्यवस्था कोषले गरेको छ ।

इमेजखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *