Sajhamanch Archive

फिदिम नगरपालिबाट ८० वर्ष पार गरेका ज्येष्ठलाई औषधि उपचार खर्च वितरण

Published: in विविधा by .

पाँचथर । फिदिम नगरपालिकाले नगरभित्रका ८० वर्ष पार गरेका जेष्ठ नागरिकलाई औषधी उपचारबापत ५ हजार रुपैयाँ रकम प्रदान गरेको छ ।

नगरपालिकाले कार्यालय नजिकका ज्येष्ठ नागरिकलाई कार्यालयबाट नै र टाढाका ज्येष्ठ नागरिकहरुलाई वडा केन्द्रमा पुगेर औषधि उपचारबापतको रकम प्रदान गरिरहेको छ ।

अहिलेसम्म नगरपालिकाको कार्यालय र वडा केन्द्रबाट गरी ९० जना ज्येष्ठ नागरिकलाई औषधी उपचार रकम प्रदान गरिसकेको नगरपालिकाले जनाएको छ । यस्तै, दीर्घरोगी अन्तरगत किड्नी, मुटु र क्यान्सर रोगीका लागि १० हजार देखि २० हजार रुपैयाँसम्म नगरपालिकाले उपलब्ध गराइरहेको नगरपालिका मेयर ओनाहाङ नेम्बाङले बताउनुभयो ।

१४ वटा वडा रहेको फिदिम नगरपालिकाले यो कार्यक्रम सबै वडामा लागु गरेको नगरपालिकाका मेयर नेम्बाङले बताउनुभयो ।

जेष्ठ नागरिकलाई औषधी उपचारबापतको रकम प्रदान गर्न नगरपालिकाले ५ लाख रुपैयाँ रकम विनियोजन गरेको छ ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *