Sajhamanch Archive

के तोड्लिन् त शृङ्खलाले मिस वर्ल्डको इतिहास, अहिलेसम्म कुन देशले कति पटक जिते

Published: in टिप्स/जानकारी by .

काठमाडौं । मिस वर्ल्डको नतिजा आज सार्वजनिक हुँदैछ । चीनको सान्यामा हुने मिस वल्र्डमा २३ वर्षीया मिस नेपाल शृङ्खला खतिवडा दाबेदार प्रतिस्पर्धी बनेकी छिन् ।

नेपाली समयअनुसार बेलुकी पौने ५ बजे मिस वर्ल्डको अन्तिम नतिजा घोषणा हुनेछ । मिस वर्ल्डको फाइनल मिस वर्ल्डको आधिकारिक युट्यूब च्यानलबाट हेर्न सकिन्छ ।

विश्वकै प्रतिष्ठित ब्यूटी प्याजेन्ट हो ‘मिस वर्ल्ड’ प्रतियोगिता । ६८ औँ संस्करणसम्म आइपुग्दा ३६ वटा देशबाट मिस वर्ल्ड भैसकेका छन् । यस पटकको प्रतियोगितामा नेपाली प्रतिस्पर्धी तथा मिस नेपाल वर्ल्ड शृङ्खला खतिवडामा सबैको ध्यान पुगेको छ । शृङ्खलालाई शनिबार दिउँसो ४ बजेसम्म भोट गर्न सकिनेछ ।

मल्टिमिडिया विधामा विजेता बन्दै फाइनल पुगेकी शृङ्खलाले मिस वर्ल्डको उपाधि जितिन् भने उनी भारतपछि मिस वर्ल्ड बन्ने पहिलो दक्षिण एसियाली प्रतिस्पर्धी बन्नेछिन् । शृङ्खलालाई हौसला प्रदान गर्नका लागि उहाँका बुबा र आमा पनि चीन पुगिसक्नुभएको छ । मिस वर्ल्ड २०१८ मा १ सय २१ देशले सहभागिता जनाएका छन् ।

त्यसो त पूरै एसियाकै कुरा गर्ने हो भने पनि अहिलेसम्म भारत, चीन, इजरायल र फिलिपिन्सबाहेकका देशबाट मिस वर्ल्ड बन्न सकेका छैनन् ।

६८ औँ संस्करणसम्म आइपुग्दा अहिलेसम्म सबैभन्दा बढी मिस वर्ल्ड बन्ने देशमा भारत र भेनेजुएला९६–६ पटक० रहेका छन् ।

तथ्याङ्कमा अहिलेसम्मका मिस वर्ल्ड

देश उपाधि संख्या वर्ष
भारत ६ १९६६,१९९४, १९९७, १९९९, २०००, २०१७
भेनेजुएला ६ १९५५, १९८१, १९८४, १९९१, १९९५, २०११
यूके ५ १९६१, १९६४, १९६५, १९७४, १९८३
दक्षिण अफ्रिका ३ १९५८, १९७४, २०१४
अमेरिका ३ १९७३, १९९०, २०१०
आइसल्याण्ड ३ १९८५, १९८८, २००५
जमैका ३ १९६३, १९७६, १९९३
स्विडेन ३ १९५१, १९५२, १९७७
पुर्टो रिको २ १९७५, २०१६
चीन २ २००७, २०१२
रुस २ १९९२, २००८
पेरु २ १९६७, २००४
अष्ट्रिया २ १९६९, १९८७
जर्मनी २ १९५६, १९८०
अर्जेन्टिना २ १९६०, १९७८
अष्ट्रेलिया २ १९६८, १९७२
नेदरल्याण्ड्स २ १९५९, १९६२
स्पेन १ २०१५
फिलिपिन्स १ २०१३
जिब्राल्टर १ २००९
चेक गणतन्त्र १ २००६
आयरल्याण्ड १ २००३
टर्की १ २००२
नाइजेरिया १ २००१
इजरायल १ १९९८
ग्रीस १ १९९६
पोल्याण्ड १ १९८९
ट्रिनिडाड एण्ड टोबागो १ १९८६
डोमिनिक गणतन्त्र १ १९८२
गुआम १ १९८०
बर्मुडा १ १९७९
ब्राजिल १ १९७१
ग्रेनेडा १ १९७०
फिनल्याण्ड १ १९५७
इजिप्ट १ १९५४
फ्रान्स १ १९५३

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *