Sajhamanch Archive

नेपाल आइडलका दुई झापालीलाई भव्य स्वागत, सुमितले सुरुङ्गा र अस्मिताले केर्खामा धमकेदार प्रस्तुती

Published: (Updated: ) in टिप्स/जानकारी by .

दूधे । नेपाल आइडलको टप–४ मा पर्न सफल सुमित पाठक र अस्मिता अधिकारीलाई झापामा भव्य स्वागत गरिएको छ ।
शनिबार झापा आएका अधिकारी र पाठकलाई भद्रपुर विमानस्थलमा ठूलो संख्यामा आएका आफ्न्त तथा शुभचिन्तकहरुले स्वागत गरेका थिए ।

विमान स्थलमा भीड लागेपछि प्रहरीले स्कटिङ्ग गरेर उनीहरुलाई गृह नगर लगेका थिए । सुमित झापाको सुरुङाबासी हुन् भने अस्मिता कमल गाउँपालिकाबासी हुन् । उनीहरुलाई भोट माग्न झापाका विभिन्न स्थानमा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरिएको छ ।

यसै बीच झापाको सुरुङ्गामा आयोजना गरिएको कन्सर्टमा सुमितले विभिन्न विधाका गीत प्रस्तुत गरे । उनलाई हौसला दिन आफ्नो गृह नगरमा सुरुङ्गामा दर्शकको भिड लागेको थियो ।

उनले नेपाल आइडलमा प्रस्तुती दिएका गीतहरु गाएका थिए । उनलाई कनकाई नगरपालिका प्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख मञ्जु दाहाल प्रसाईले स्वागत गरेका थिए ।

त्यसैरी गरी उनलाई जिताउन विभिन्न देश तथा विदेशबाट स्वस्फुर्त रुपमा रकम संकलन भएको छ । कनकाई नगरपालिका प्रमुख राजेन्द्र पोखरेलले सुमितलाई जिताउनका निमित्त एक लाख सहयोगको घोषणा गरेका छन् ।

उनले कनकाई नगरबासी सुमित कनकाईको छोरा नभई देशकै छोरा भएको जानकारी दिए । सुमित कनकाई सान र देशको गौरव भएको बताए ।

यता अस्मिता अधिकारीले कमल गाउँपालिकाको केर्खामा बजारमा दर्शक तथा स्रोताहरुलाई गीत सुनाएकी थिइन् । अस्मितालाई जिताउन झापाका विभिन्न स्थानमा कार्यक्रम रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *