मिस वर्ल्ड–२०१८ को टप–१२ बाट बाहिरिइन् श्रृंखला
Published: (Updated: )
by .काठमाडौं । मिस वर्ल्ड–२०१८ की नेपाली प्रतिस्पर्धी शृंखला खतिवडा उत्कृष्ट १२ बाट बाहिरिएकी छन् । चीनको सान्यामा जारी मिस वल्र्ड–२०१८ को फिनालेमा उनी उत्कृष्ट ३० बाट उत्कृष्ट १२ मा पर्न सफल भएकी थिइन् ।
तर एसियाबाट थाइल्यान्डकी सुन्दरी निकोलिन लिम्सनिकानले नेपाललाई पछि पार्दै टप ५ मा परिन् । भारतकी सुन्दरी भने उत्कृष्ट १२ मा पनि परिनन् ।
विभिन्न ५ समूहमा विभाजन गरी मिस वल्र्डका अन्तिम ५ फाइनलिस्ट छनोट गरिएको थियो । अन्तिम ५ मा थाइल्यान्डसँगै बेलारुस, जमैका, मेक्सिको र युगान्डाका सुन्दरीहरु परेका थिए ।
यस्तै मिस वर्ल्ड भने मेक्सिकाेकी भेनेसा पाेन्स् भएकी छन् । रनर अप थाइल्याण्डकी निकाेलिनी भइन् ।
Comments