Sajhamanch Archive

सन्दीपको उत्कृष्ट बलिङमा ललितपुरको पहिलो जित

Published: in खेलकुद by .

काठमाडौं । एभरेष्ट प्रिमियर लिग ईपीएल मा आफ्नो दोस्रो खेलमा ललितपुर प्याट्रियट्सले चितवन टाइगर्समाथि ११ रनको जित हासिल गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मेदानमा भएको खेलमा दिपेन्द्रसिंह ऐरीले चितवनको धरमराएको ब्याटिङ माथि उकास्ने प्रयास गरेपनि १८ औं ओभरमा ललितपुर प्याट्रियट्सका गौरव तोमरको बलमा ऐरी आउट भएपछि चितवनले १४४ रनको लक्ष्य पाएको थियो ।

तर, खेलको सुुरुदेखी अन्तिम ओभरसम्म पनि विकेट झर्ने शृङ्खला नरोकिएपछि चितवनले २० ओभर पूरा खेल्दै ८ विकेट गुमाएर १३२ रनमात्रै बनाउन सक्यो ।

टस जितेर पहिलो ब्याटिङ गरेको ललितपुरले चितवनलाई १४४ रनको लक्ष्य दिएको थियो । मध्यम स्तरको लक्ष्य दिएपनि ललितपुरका स्पिन बलरको जादुले काम गरेपछि ललितपुरले पहिलो जित निकाल्न सकेको हो ।

चितवनका लागि दीपेन्द्रसिंह ऐरीले ४१ रन बनाए । त्यस्तै, कप्तान पृथुु बास्कोटाले २६ रन, भिम सार्किले २१ र जोन सिमसनले १३ रन बनाए ।

चितवनविरुद्ध ललितपुरका बलर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका छन् । उनले ४ ओभर बलिङ गर्दै २६ रन खर्चिएर ३ विकेट लिएका छन् भने समान ४ ओभर नै बलिङ गरेका सन्नी पटेलले १७ रन खर्चेर २ विकेट लिए ।

त्यस्तै, गौरव तोमर र ललित नारायण राजवंशीले समान एक—एक विकेट लिएका छन् ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *