Sajhamanch Archive

हडिया रेगुलेटर सिँचाई आयोजनाको स्थलगत अवलोकन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by .

दुहागढी । एशियाली विकास बैंकको एक प्रतिनिधि मण्डलले मेचीनगर—१४ दुहागढीमा रहेको हडिया रेगुलेटर सिँचाई आयोजनाको स्थलगत अवलोकनका साथै उपभोक्ताहरुसँग अन्तरक्रिया गरेको छ ।

मंगलबार वैंक प्रतिनिधि विनिता साहा खड्काको नेतृत्वमा झापा आइपुगेको प्रतिनिधि मण्डलमा अधिकाँश सञ्चारकर्मी र वैंकका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

१४ नम्बर वडा कार्यालयमा आयोजित अन्तरक्रियाको प्रमुख अतिथि बैंक प्रतिनिधि विनिता साहा खड्का, मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र उपप्रमुख मिना पोखरेल उप्रेतीले संयुक्तरुपमा उद्घाटन गरेका थिए । उद्घाटन मन्तव्य राख्दैं खड्काले एडीवीले लगानी गरेका आयोजनाहरुबाट स्थानीयले प्रत्यक्षरुपमा लाभ लिएका छन कि छैनन् भनेर सञ्चारकर्मीहरुलाई स्थलगत अवलोकन गराई सम्बन्धित उपभोक्ताहरुसँग अन्तरक्रिया गर्नु कार्यक्रमको मुख्यः उद्देश्य रहेको जानकारी दिईन् ।

उनले बैंकले लगानी गरेका धेरै आयोजनाहरुमध्ये हडिया रेगुलेटर सिँचाई आयोजना नमुनाका रुपमा रहेको प्रष्ट पारिन । कार्यक्रममा बोल्दै सीएमआईएसपीका प्रमुख नुर मोह्मद खानले १९८९ देखि नेपालमा एडीवीको सहयोगमा धरै योजनाहरु सञ्चालनमा रहेको बताए । उनले आफ्नो कार्यालयले संरचना सहित मर्मत सम्भारका बारेमा विभिन्न समयमा तालिम प्रदान गरेको र यसलाई आगामी दिनमा समेत निरन्तरता दिने प्रष्ट पारे ।

मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले यो सिँचाईबाट यहाका संयौ कृषकहरुले लाभ लिन सक्ने विचार राखेका थिए । उनले अबको युग आर्थिक क्रान्तिको भएको भन्दैं स्थानीय सरकारले कृषिलाई प्राथमिकतामा राखेको, कृषिलाई प्रविधि मैत्री बनाएर निर्वामुखी कृषिबाट व्यवसायिक कृषिमा फड्को मार्नुपर्ने र कृषिको परनिर्भर अन्त्य गर्नुपर्ने बताए । उनले नेपाली कृषि वस्तुको निर्यातमा जोड समेत दिए ।

उपप्रमुख मिना पोखरेल उप्रेतीले सिँचाईको निर्माण कार्य सम्पन्न भएपछि यसको रेखदेखको जिम्मा उपभोक्ताले गर्नुपर्ने बताईन् । आगामी दिनमा यो योजनालाई अघि बढाउन स्थानीय सरकारका हैसियतले मेचीनगर नगरपालिकाले सक्ने सहयोग गर्ने विचार राखिन् । डिभिजन सिँचाई कार्यालय झापाका डिई कृष्णप्रसाद राजवंशीले आयोजनको वस्तुस्थितीका बारेमा जानकारी गराएका थिए । उक्त आयोजनाबाट ४ हजार ५ सय ५५ जनसंख्या निर्भर रहेको बताईएको छ । हाल निर्माणधिन अवस्थामा रहेको सिँचाईका बाकी काम निर्माणधिन अवस्थामा रहेको सचिव अनिल ढुंगानाले बताए ।

कार्यक्रममा बोल्ने अधिकाँश उपभोक्ताहरुले सिँचाइका कारण उब्जनी बढेपनि किसानले उत्पादन गरेका कृषि वस्तुले उचित मुल्य नपाएको गुनासो गरेका थिए । उनीहरुले आफुहरुले उत्पादन गरेका कृषिवस्तुको बजारीकरणका लागि सम्बन्धित पक्षसँग आग्रह गरेका थिए । सिँचाई सञ्चालन भएपछि हरेक वर्खायाममा हडिया खोलामा आएको बाढीले आफ्नो पैनीको मुहान भत्काउने अनि बोरा र बास बोकेर मुहान बनाउने जाने समस्यााबट मुक्त भएको सहभागीहरुको भनाई थियो । उनीहरुले अब कृषिलाई पनि आधुनिकी करण गर्न प्रविधिमैत्री बनाउन विभिन्न सीप र तालिमको आवश्यक रहेको बताए ।

कार्यक्रममा उपभोक्ताकातर्फबाट विश्व थापा गंगादेवी भुजेललगायतले बोलेका थिए । टोलीले हडिया रेगुलेटर सिँचाई आयोजनाको कार्यालय तथा मुहानसमेतको स्थलगत अवलोकन गरेको थियो ।

आयोजनाका अध्यक्ष शंकरप्रसाद पोखरेलले कार्यक्रमको सभापतित्व गर्दै ७ करोड २१ लाख ४१ हजार ७ सय आयोजनाको स्वीकृत रकम भएपनि ५ करोड २२ लाख ७१ हजार रुपैयाँमा मैनाचुली सफल सरोज जेभि दमकले ठेक्का प्राप्त गरेको जानकारी दिए । त्यसमा उपभोक्ताको धरौटी रकम प्रतिविघा २ हजार रुपैयाँका दरले ४ लाख रुपैयाँ रहेको, उपभोक्ताले प्रतिविघा ३५ का दरले रकम संकलन गरेको तथा पानीको बाडफाँड संरचना सातवटा रहेको अध्यक्ष पोखरेलले प्रष्ट पारेका थिए ।

उक्त सिँचाईबाट अनुमानित ९ सय ५२ घरधुरीकाले प्रत्यक्ष लाभ लिन सक्ने छन भने तात्कालिन दुहागढी गाविसका १, ८ र ७ नम्बर वडाका ३ सय ५० हेक्टर जमिनमा सिँचाई सुविधा उपलब्ध हुने छ । हडिया रेगुलेटरको मुहान साविक दुहागढीको वडानम्बर ६ र ९ बीच भागबाट हडिया खोलाको पानी बाँध बनाएर तीनवटा वडाहरुमा ंिसचित गर्ने योजनााबट यसको शुरुवात भएको हो ।

उपभोक्ता समितिबाट १६ वटा फुट ब्रिज, भीआरबी १३ वटा, मुख्य कुलोको लम्बाई ७ मिटर, पक्की नहर २ हजार ४ सय मिटर मुल नहर र १ हजार ७ सय मिटर शाखा नहर बन्ने समेत बताईएको थियो । आयोजनामा निर्माण र गुनासो व्यवस्थापन उपसमिति गठन गरिएको छ । कार्यक्रमको सञ्चालन सचिव अनिल ढुंगाना र स्वागत कोषाध्यक्ष अभिनारायण मैनालीले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *