कमल गाउँपालिकामा आगलागी १५ लाखको क्षति
Published: (Updated: )
by .कमल । झापाको कमल गाउँपालिका ७ मा बुधबार विहान आगलागी भएको छ ।
आगलागीबाट कमल गाउँपालिका ७ पिंङडाँडा निवासी मानबहादुर खड्काको गाईगोठ पूर्ण रुपमा जलेको छ । आगलागीबाट २ तले गाई गोठ र गोठमा राखेको ५० मन धान र भण्डारण गरेर राखिएको काठमा जल्दा १५ लाख रुपैया बरावरको क्षति भएको ईलाका प्रहरी कार्यालय दमकका डिएसपी श्यामल श्रेष्ठले जानकारी दिए । विहान ८ बजे आगलागी भएको थियो ।
दमक र गौरादहबाट आएका ३ वटा दमकलले साडे ९ तिर मात्र आगो नियन्त्रणमा आएको थियो । गाईलाई खोले पकाउने क्रममा आगलागी हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । आगलागीबाट गाईगोठ छेवैमा रहेको घरमा सामान्य क्षति भएको बताइएको छ ।
Comments