Sajhamanch Archive

आईपीएल अक्सन आगामी साता, आधारमूल्य २ करोडसम्म

Published: in खेलकुद by .

 विश्वकै सबैभन्दा ठूलो ट्वान्टी–२० क्रिकेट प्रतियोतिगा इन्डियन प्रिमियर लिग (आईपीएल)को अक्सन अर्को साता जयपुरमा हुने भएको छ ।
१ हजार ३ खेलाडीले नाम दर्ता गरे पनि ३ सय ४६ खेलाडीमात्र अक्सनका लागि छानिएका छन् ।
तीमध्ये २ सय २६ खेलाडी भारतका छन् । उनीहरुमध्ये कसैको बेस प्राइस (आधार मूल्य) २ करोडसम्म पनि तोकिएको छ । आईपीएलका सहभागी आठ टोलीले कम्तीमा ७० खेलाडी किन्न पाउनेछन् ।

९ विदेशी खेलाडीले आफ्नो आधार मूल्य दुई करोड भारतीय रुपैयाँ तोकेका छन् ।

भारतीय खेलाडीमध्ये जयदेश उन्नाकान्तको सर्वाधिक १ करोड ५० लाख भारतीय रुपैयाँ आधार मूल्य तोकिएको छ ।

आफ्नो अधिकतम मुख्य तोक्ने खेलाडीमा बेन्डन म्याककलम, क्रिस ओक्स, लासिथ मालिंगा, शान मार्स, साम करेन, कोलिन इग्राम, कोरे एन्डरसन, एन्जेलो म्याथुज र डीआर्की सट छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *