Sajhamanch Archive

बुधबार नेप्सेमा झिनो सुधार, सेन्सेटिभ स्थिर

Published: in अर्थतन्त्र by .

काठमाडौं । बुधबार नेप्से परिसूचक  स्थिर देखिएको छ । लगातार तीन दिन बढेर मंगलबार घटेको सेयर बजार परिसूचक शून्य दशमलव शून्य ८ अंकले बढेको हो । बजार अघिल्लो दिनभन्दा शून्य दशमलव शून्य १ प्रतिशतको झिनो मात्राले बढ्दा सेन्सेटिभ इन्डेक्स पनि स्थिर देखिएको छ ।

सेयर बजारमा बुधबार २७ करोड १ लाख रूपैयाँको सेयर किनबेच भए । यसक्रममा बजारमा १ सय ५७ कम्पनीका पौने ९ लाख कित्ता सेयर खरिद बिक्री भए ।

नेप्से स्थिर रहेको बजारमा बुधबार कारोबारमा आएका समूहहरूमा मिश्रत नतिजा देखिए । यसदिन कारोबारमा आएका दश समूह मध्ये ५ वटा समूहको उपसूचक बढे । बढ्नेमा सबैभन्दा बढी जलविद्युत समूह ३५ दशमलव ७७ अंकले उकालो लाग्यो भने होटल समूह सर्वाधिक ३७ दशमलव २७ अंकले घट्यो ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *