Sajhamanch Archive

सरकारका निर्णय : साना किसानको ऋण मिनाहादेखि भारतीय नोट नचलाउनेसम्म

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौँ  । सरकारले साना किसानको ऋण मिनाहा गर्नेदेखि भारतीय नोट नचलाउनेसम्मका निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि विकास बैंकबाट ऋण लिएका साना किसानहरुको ऋण मिनाहा गर्ने निर्णय गरेको हो ।

बिहीबार निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले साना किसानको ऋण सरकारले तिरिदिने जानकारी दिए । कृषि विकास बैंकमा यस्तो ऋण २९ करोडभन्दा बढी र ब्याज एक अर्बभन्दा बढी पुगिसकेको छ ।

यस्तै सरकारले २ सय रुपैयाँ दरको भारतीय नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको छ । भारतले हालै प्रचलनमा ल्याएको २ सय रुपैयाँ दरको नोट नेपालमा नचलाउने सरकारले निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले २ सय ५ सय र २ हजार दरका भारतीय रुपैयाँ प्रचलनमा नल्याउन सूचना जारी गर्ने बताएका छन् । नेपालमा यसअघि नै ५ सय र २ हजार दरका भारतीय रुपैयाँहरु प्रचलनमा छैनन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *