Sajhamanch Archive

टन्सिल के हो ? कसरी हुन्छ ? र यसका बच्ने उपायहरु :

Published: in स्वास्थ्य by .

घाँटीको माथिल्लो भाग र मुखको पछाडिपट्टी छेउमा रहेका दुईवटा ग्रन्थीलाई टन्सिल भनिन्छ । यो प्राकृतिक रुपमा बनेको एउटा ग्रन्थी वा डल्लो हो ।

यी डल्लो वा ग्रन्थीले हाम्रो शरीरमा पिल्लरको काम गर्छ । हाम्रो शरीरभित्र प्रवेश गर्ने किटाणुसँग लड्ने रोग प्रतिरोधक क्षमता नै यी ग्रन्थीमा हुन्छ । टन्सिल बच्चा बेलामा खासै विकास भएको हुँदैन । ६ वर्षसम्म टन्सिल बढ्छ र त्यसपछि विस्तारै घट्छ ।
यी दुई ग्रन्थीहरुले शरीरको रोगप्रतिरोधक क्षमता बढाउँछ तर कहिलेकाँही आफै संक्रमण हुन्छ । यस्तो अवस्थामा घाँटी फुलेर रातो हुन्छ । मौसम परिवर्तनका समयमा हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुँदा बढी सताउने गर्छ ।

टन्सिल ब्याक्टेरियाले गर्दा हो कि भाइरसले भन्ने छुट्टयाउनु पर्छ । यदि भाइरसका कारणले हो भने घाँटी दुख्ने, ज्वरो आउने र रुघाखोकी लाग्ने हुन्छ । त्यसलाई कम गर्न चिकित्सकको सल्लाह अनुसार एन्टिबायोटिक खाएको ४ देखि ५ दिनमा निको हुन्छ । तर व्याक्टेरियाको संक्रमणले गर्दा घाँटी दुख्ने ग्रन्थी बढ्ने, ज्वरो आउने, पाक्ने तथा पिप जम्ने र शरीर दुख्ने तथा गिर्खा आउने जस्ता समस्या हुन्छ । व्याक्टेरियाले टन्सिल सुनिने वा गिर्खा बढ्ने हुन्छ । यस्तो समस्या आएमा चिकित्सकको सल्लाह बमोजिममात्र एन्टिबायोटिक सेवन गर्नुपर्छ । दीर्घकालीन रोगका बिरामीलाई पनि टन्सिल बढ्ने समस्या हुन्छ ।

बम बम बम
घाँटी दुखेको वा खानेकुरा निल्न गाह्रो भएको महसुस हुनेबित्तिकै नियमित नुन पानीले कुल्ला गर्नुपर्छ । टन्सिलको समस्या भएमा चिसो तथा काँचो खानेकुरा खानु हुँदैन । चिसो र तातो सँगसँगै पनि खानु हुँदैन ।

मुखको स्याहार, सरसफाइ र कुल्ला गर्ने बानी बसाल्नुपर्छ । टन्सिल ७० प्रतिशत रुघाखोकीले हुन्छ । हरियो सागपात खाने, झोलिलो खानेकुरा खाने, प्रशस्त पानी खाने तथा ५ देखि ७ दिनसम्म औषधी खानुपर्छ । एक वर्षमा धेरै पटक टन्सिलले सतायो भन्ने व्याक्टेरियाले भएको हुन्छ । जुन हाम्रो ग्रन्थीमा पिप जमेर निको नहुने हुन्छ । यस्तो समस्या आउनेबित्तिकै चिकित्सकसँगको परामर्शमा उपचारमा लाग्नु जरुरी हुन्छ । लामो समयसम्म टन्सिल निको भएन भने त्यसले मुटुलाई असर गर्छ ।

लक्षण
घाँटी दुख्ने र निल्न गाह्रो हुने
कान दुख्ने
जिउ दुख्ने
जोर्नीहरु दुख्ने
शरीर काप्ने
ग्रन्थीहरु सुनिएर रातो हुने वा पाक्ने, पिप निस्कने

बच्ने उपाय
सागसब्जी प्रशस्त खाने
तातो झोलयुक्त खानेकुरा प्रशस्त खाने
मनतातो पानीले कुल्ला गर्ने
न्यानो कपडाले घाँटीलाई ढाक्ने
घर बाहिर निस्कदा नियमित माक्सको प्रयोग गर्ने
चिसो र फ्रिजमा राखेका खानेकुराका नखाने
चिल्लोयुक्त खानेकुरा नखाने ।

वीर अस्पतालका नाक कान घाँटी रोग विशेषज्ञ डा पौडेल

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *