Sajhamanch Archive

नेपालमा २९ नयाँ औषधि र उद्योग थपिँदै औषधिको नामावली सहित

Published: in स्वास्थ्य by .

काठमाडौं । नेपाली औषधि उद्योग बजारमा थप नयाँ २९ औषधि उद्योग थपिँदैन छन्। औषधि व्यवस्था विभागमा यी उद्योगहरुले उद्योग स्थापनाका लागि अनुमति समेत लिइसकेका छन्।

अनुमति लिएका उद्योगहरुले निर्माण लगायतका आवश्यक प्रक्रिया अगाडि बढाइरहेका छन्। पछिल्लो समय नेपालमा स्वदेशी औषधिको माग बढ्दै गइरहेको छ। गुणस्तरका हिसाबमा स्वदेशी उद्योगले पनि अन्तराष्ट्रिय स्तरकै उत्पादन थालेपछि स्वदेशी उत्पादनको माग बढीरहेको हो।

नेपाली औषधिको बजार विस्तार भइरहेको समयमा थप नयाँ २९ उद्योगले पनि औषधि उत्पादनमा पाइला राख्न लागेका हुन्।

विभागबाट अनुमति लिएकामध्ये क्यान्सरविरुद्धको औषधिदेखि सर्पले टोकेका बिरामीको उपचारका लागि आवश्यक पर्ने एन्टी स्नेक भेनमसम्मको उत्पादन गर्ने उद्योगहरु छन्। नेपालमा हालसम्म क्यान्सर विरुद्धको र एन्टी स्नेक भेनम औषधि उत्पादन भएको छैन।

विभागका महानिर्देशक नारायण ढकालका अनुसार नयाँ र नेपालमा उत्पादन नभएका औषधि निर्माण गर्ने भन्दै उद्योगहरुले अनुमति लिएका छन्। ‘नयाँ नयाँ औषधि उत्पादन हुनु राम्रो कुरा हो,’ उनले भने, ‘गुणस्तरीय र नयाँ औषधि नेपालमा नै उत्पादन हुँदै जाने हो भने अरु देशसँग भर पर्नुपर्ने बाध्यता हट्दै जानेछ।’

उनका अनुसार स्वीकृति पाउने नयाँ कम्पनीहरु ३० देखि ४० करोड लागतबाट सुरु भएका छन्। यो आधारमा हेर्दा २९ वटा उद्योगले १० अर्बभन्दा बढी लगानि गर्ने देखिएको छ।

२९ वटा उद्योगमध्ये तिजिग फर्माले एन्टि क्यान्सर ट्रिटमेन्टको लागि औषधि उत्पादन गर्ने भएको छ भने सुनसरीमा एन्टि स्नेक भेनम सेरमको उद्योग पनि सञ्चालनमा आउने भएको छ।

विभागबाट अनुमति लिएका उद्योगहरु धादिङ, काभे्र, चितवन, मकवानपुर, बारा, तनहुँ, पर्वत, धनुषा, मोरङ, रुपन्देही, सुनसरी, जनकपुर र ललितपुरमा खोल्न लागिएको छ।

विभागको दिएको जानकारी अनुसार २१ वटा उद्योग निर्माणाधीन छन् भने ७ वटा रिसर्च एन्ड डेभलेपमेन्टका क्रममा छन्।

विभागमा हालसम्म एलोपेथिक तर्फ ८५ वटा स्वदेशी उद्योग दर्ता भएका छन्। ती मध्ये अहिले ५० वटा जति सञ्चालनमा रहेको अनुमान गरीएको छ। तर, विभागको तथ्यांकमा ३७ वटा उद्योगले मात्र विश्व स्वास्थ्य संगठनको कुशल उत्पादन अध्यास ९जिएमपी० पाएका छन्।

यी हुन् औषधि व्यवस्था विभागले स्वीकृति दिएका नयाँ उद्योग
१।एकोड फर्मास्युटिकल्स् प्रालि, ललितपुर ९रिसर्च एन्ड डेभलमेन्ट०
२।अभिकम फर्मास्युटिकल्स् प्रालि, जनकपुर ९निर्माणाधीन०
३।ऐरो फर्मास्युटिकल्स् प्रालि, भक्तपुर ९ रिचर्स एन्ड डेभलपमेन्ट०
४। एन्टी स्नेक भेनम सेरम रिसर्च मेनुफ्याक्चरीङ प्रालि,सुनसरी ९निर्माणाधीन०
५। एटम फर्मास्युटिकल्स् प्रालि, रुपन्देही ९निर्माणाधीन०

६। चिरायु फर्मास्युटिकल्स् ,भक्तपुर९ निर्माणाधीन०
७।कोरल फर्मास्युटिकल्स् प्रालि, रुपेन्देही ९ रिसर्च एन्ड डेभलपमेन्ट०
८। डिभाइन हेल्थ केयर प्रालि, चितवन ९निर्माणाधीन०
९।एलिक्जर लाइफ साइनसेन्ज प्रालि ,भरतपूर ९निर्माणाधीन०
१०। गुराँस फर्मास्युटिकल्स् प्रालि, मोरङ ९निर्माणाधीन०

११।हरिहर इन्टरनेशनल फर्मास्युटिकल्स् प्रालि ,काठमाडौँ ९निर्माणाधीन०
१२।केभा फर्मास्युटिकल्स् प्रालि, चितवन ९रिसर्च एन्ड डेभलपमेन्ट०
१३। लुसियस फर्मास्युटिकल्स् प्रालि,काभे्रपलाञ्चोक ९निर्माणाधीन०
१४। ल्युका फर्मास्युटिकल्स् प्रालि, रुपन्देही ९निर्माणाधीन०
१५।मेड्रिक फर्मास्युटिकल्स् प्रालि, चितवन ९निर्माणाधीन०

१६।मिरा बायोटेक प्रालि, भक्तपुर ९लेआउट प्रुभ हुन बाँकी०
१७।नेपाल रेमेडिज प्रालि, रुपन्देही ९रिसर्च एन्ड डेभलपमेन्ट०
१८। नियन फर्मास्युटिकल्स् प्रालि, मोरङ ९निर्माणाधीन०
१९। नोर्डिक इन्टरनेशनल प्रालि धनुषा ९निर्माणाधीन०
२०। ओमेगा फर्मास्युटिकल्स् प्रालि ,पर्वत ९निर्माणाधीन०

२१। पोखरा फर्मास्युटिकल्स् प्रालि, तनहुँ ९निर्माणाधीन०
२२। प्राइम फर्मास्युटिकल्स्, बारा ९रिसर्च एन्ड डेभलेपमेन्ट ०
२३। क्युबिडि फर्मास्युटिकल्स् प्रालि, काभ्रेपलाञ्चोक ९रिसर्च एन्ड डेभलपमेन्ट०
२४। राजदेवी फर्मास्युटिकल्स् प्रालि, मकवानपुर ९निर्माणाधीन०
२५।रोयल सासा नेपाल फर्मास्युटिकल्स् प्रालि ,चितवन ९निर्माणाधीन०

२६। सोपान फर्मास्युटिकल्स् प्रालि ,ललितपुर ९निर्माणाधीन०
२७। तिजिग फर्मा प्रालि,काभे्र ९निर्माणाधीन०
२८। टोर फर्मास्युटिकल्स् ९निर्माणाधीन०
२९। वेभ फर्मास्युटिकल्स् प्रालि, धादिङ ९निर्माणाधीन०

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *