Sajhamanch Archive

कांग्रेस महासमिति बैठक सुरु भयो

Published: in राजनीति by .

नेपाली कांग्रेसको महासमिति बैठक काठमाडौंमा सुरु भएको छ ।

शनिबारदेखि राजधानी काठमाडौंमा सुरु महासमिति बैठकको उद्घाटन सत्रको केहीबेर अघि सभापति शेर बहादुर देउवाले उद्घाटन गर्नुभएको हो ।

उद्घाटन लगत्तै शहिदहरुको सम्झनामा एक मिनेट मौन धारण पनि गरियो । उद्घाटन सत्र पछि सुरु हुने महासमिति बैठकमा आर्थिक, सांसगनिक र राजनीतिक प्रतिवेदन पेश हुने छ ।

पार्टीको विधान पनि महासमिति बैठकमा  छलफलका लागि पेस गरिनेछ ।

बैठकमा मुलुकभरबाट निर्वाचित महासमिति सदस्य तथा जिल्ला सभापतिहरु, भात्तृ र शुभेच्छुक संस्था, मनोनति महासमिति सदस्य, विदेशस्थित जनसम्पर्क समितिका प्रनिनिधि,  निर्वतमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी १ हजार ७ सय जना प्रतिनिधि सहभागी छन् ।

केन्द्रीय सदस्य तथा महासमिति सदस्य नरहेका प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरु बैठकमा सहभागी भएका छन् ।

बैठक पुस ३ गते सम्म चल्ने छ । शेर बहादुर देउवा सभापतिमा निर्वाचित भएपछि पहिलोपटक महासमिति बैठक भएको हो ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *