Sajhamanch Archive

धुम्बाराहीमा सुरु भयो नेकपाको स्थायी कमिटी बैठक

Published: in राजनीति by .

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को तेस्रो स्थायी कमिटी बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ ।
बैठक दिउँसो १ बजेदेखि सुरु भएको हो ।

बैठकमा सचिवालय बैठकले गरेका निर्णयलाई अनुमोदन गराउने, सरकारको काम कारवाही, तल्लो तहसम्मको पार्टी एकतालाई व्यवस्थापन गर्ने र समसामयिक विषयवस्तुमाथि छलफल हुने पार्टी कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठले जानकारी दिए ।

यसअघि असारमा स्थायी कमिटी बैठक बसेको थियो । नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० बीच पार्टी एकता भए पनि लामो समयसम्म स्थायी कमिटी बैठक बस्न नसक्दा नेतृत्वको आलोचना भएको थियो ।

स्थायी कमिटी बैठक नबस्दा पार्टी एकीकरण प्रक्रियासमेत लम्बिएको छ ।
बैठकमा सचिवालय बैठक प्रदेश कमिटीलाई पूर्णता दिए पनि जनवर्गीय सङ्गठन र जिल्ला कमिटीको भने एकीकरण हुन सकेको छैन । बैठकले जनवर्गीय र जिल्ला कमिटीको एकतालाई निष्कर्षमा पुर्याउने पनि अपेक्षा लिइएको छ ।
यसैबीच आजै बिहान नेकपाको सचिवालय बैठक बसेको छ । बैठकमा दुई अध्यक्षले स्थायी कमिटीमा पेश गर्ने राजनीतिक प्रतिवेदनका विषयमा छलफल भएको बताइएको छ ।

प्रतिवेदनमा पार्टी र सरकारको समीक्षा, सांगठनिक एकीकरण र पार्टीको भावी कार्ययोजना समेटिएको नेकपाले वनाएको छ ।

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *