Sajhamanch Archive

‘मैले जवाफ दिएँ भने बुद्धिजीवी थला पर्छन्’

Published: in राजनीति by .

काठमाडौं ।   नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता विश्वप्रकाश शर्माले महासमिति बैठकबाट एकतासहितको देश बनाउने सपना साकार पार्ने प्रतिवद्धता आउनु जरुरी रहेको बताउनुभएको छ ।
शनिबारदेखि राजधानी काठमाडौंमा सुरु महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दे प्रवक्ता शर्माले महासमिति बैठकले जनअपेक्षालाई सम्बोधन हुने गरी एकताको सन्देशसहितको देश बनाउने प्रतिवद्धताको सन्देश दिन सक्नुपर्ने बताउनुभएको हो । महासमितिले दिने सन्देशबारे देशभर चासो भएको भन्दै उहाँले सबै क्षेत्र, वर्ग र सरोकारलाई सम्बोधन गर्न सक्नुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले महासमितिको बैठकबाट देश बनाउने सपना साकार पार्न सक्छौँ भन्ने प्रतिवद्धतासहित १५ वर्षभित्र लगातार तीन वटा निर्वाचन जितेर देशलाई सम्वृद्ध बनाउँछौँ भनी संकल्प गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो ।पुराना कार्यकर्ता, माओवादीबाट मारिएका परिवार, वैदेशिक रोजगारीमा रहेका कांग्रेसका शुभचिन्तक, सरकारको व्यवहारबाट असन्तुष्ट सत्तारुढ दलकै कार्यकर्ता ,मधेसी, जनजातिलगायत सबैलाई आशा पलाउने गरी महासमिति बैठकले सन्देश दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सपनाको स्वर्ग नै भेटिन्छ भनेर कम्युनिष्ट पार्टीलाई मत दिएका हजारौँ नेपालीले सरकार पनि भेटिएन भनी प्रतिक्षा गरिरहेका र न्यायको पर्खाईमा बसेका नेपाली चेलीहरुका लागि कांग्रेसले महासमिति बैठकमार्फत सकारात्मक सन्देश दिन सक्नुपर्ने तर्क उहाँको थियो ।
उहाँले ‘मैले जवाफ दिएँ भने बुद्धिजीवी थला पर्छन् भन्ने प्रधानमन्त्रीलाई’ जवाफ दिन सक्ने सन्देश महासमितिले दिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।उहाँले नेपाली कांग्रेसले कार्ल मार्क्सले छोडेर गएको दर्शन नभई जननेता बीपीले छोडेर गएको लोकतान्त्रिक समाजवादमा विश्वास गर्ने र त्यही विश्वासको माध्यमबाट देशलाई बदल्ने सामर्थ्य राख्ने बताउनुभयो ।
नेपाल कांग्रेस समय अनुकुल आफूलाई बदल्ने संकल्पमा रहेको भन्दै त्यसमा आवद्ध हुन पनि उहाँले आग्रह गर्नुभयो । उद्घाटन सत्रको सभापति शेरबहादुर देउवाले बिरुवामा जल सिंचन गरेर उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा सभापति देउवाले नेपाली कांग्रेसको एक दशकका तस्बिरहरु पनि सार्वजनिक गर्नुभएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *