Sajhamanch Archive

सही समाचार लेख्न पत्रकारहरुलाई सभामुखको आग्रह

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारहरुलाई सही समाचार लेख्न आग्रह गरेका छन ।

सभामुख महराले पत्रकारहरुमाथि सधैं प्रतिपक्षको जस्तो व्यवहार गर्ने गरेको आरोप लाग्ने गरेको उल्लेख गर्दै सरकार र संघीय संसदको काममा सहयोगी बन्न पनि आग्रह गरे।

आइतबार काठमाडौंमा आयोजित संसदीय मामिला पत्रकार समाजको अधिवेशनलाई सम्बोधन गर्दै उहाँले रचनात्मक प्रतिपक्षीय भूमिकामा आउन पनि पत्रकारहरुको ध्यानाकर्षण गराउनु भयो । उहाँले संसदीय मामिला पत्रकारहरुको आवश्यकतालाई आफूले नजिकबाट महसुस गरेको उल्लेख गर्दै सम्बोधन गर्ने आ आश्वासन पनि दिए ।

सभामुख महराले संघीय संसदको हिउँदे अधिवेशनले संघ, प्रदेश र स्थानीय तहमा देखिएको कानुनसम्बन्धी सबै समस्या समाधान गर्ने विश्वास पनि व्यक्त गरे।

उहाँले प्रतिनिधिसभा भवन मर्मत सम्भारका कारण संघीय संसदको हिउँदे अधिवेशन बोलाउने काममा ढिलाई हुन गएको पनि स्मरण गराए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *