Sajhamanch Archive

क्याम्पसको सुधार नगरेको भन्दै विद्यार्थीबाट क्याम्पस प्रमुखलाई कालोमोसो

Published: in समाज by .

धनुषा । जनकपुरको रामसागर रामस्वरुप बहुमुखी क्याम्पसका प्रमुख विजयलाल दासलाई विद्यार्थीहरुले कार्यकक्षमै कालोमोसो देलेका छन् ।

क्याम्पसको अवस्था धारासायी भएपछि पटक–पटक सुधार गर्न आग्रह गर्दा समेत बेवास्ता गरेको भन्दै आइतबार दिउँसो विद्यार्थीहरुले उहाँलाई कार्यकक्षमै कालोमोसो दलेका हुन् ।

राजपा नेपाल निकट राष्ट्रिय विद्यार्थी संघको अगुवाइमा विद्यार्थीहरुले आइतबार दिउँसो पौने २ बजे कार्यकक्षमै पसेर क्याम्पस प्रमुखलाई कालोमोसो दलेको संघका केन्द्रीय महासचिव रञ्जित निष्पक्षले जानकारी दिनुभयो ।

उहाँका अनुसार कालोमोसो दलेपछि विद्यार्थीहरुले एक घण्टा प्रमुख दासलाई कार्यकक्षभित्रै थुनेका थिए । क्याम्पसमा नियमित पठन पाठन हुनुपर्ने, राम्रो प्रोफेसरको व्यवस्था हुनुपर्ने, कक्षाकोठामा बिजुलीबत्ती तथा झ्यालढोकाको व्यवस्था हुनुपर्ने, शौचालय व्यवस्थित हुनुपर्ने लगायतको १६ बुँदे मागसहित राष्ट्रिय विद्यार्थी संघले क्याम्पस प्रमुखलाई ज्ञापन बुझाएका थिए ।

तर ज्ञापनपत्र बुझेपछि समेत क्याम्पसको अवस्था सुधार नभएको र क्याम्पस प्रमुख दासले अटेरी गरेको भन्दै कालोमोसो दलेको विद्यार्थी संघले जनाएको छ ।
कलोमोसो दल्ने समयमा राष्ट्रिय विद्यार्थी संघका केन्द्रीय सह–सचिव अशोक यादव, संघका राराब इकाई कमिटी अध्यक्ष दिनेश यादवलगायत पाँच दर्जन विद्यार्थीहरुको रहेको जनाइएको छ ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *