Sajhamanch Archive

वीरता जेसीजद्धारा काफ्ले र बस्नेत पुरस्कृत

Published: (Updated: ) in समाज by .

बिर्तामोड । यहाँस्थित वीरता जेसीजको ३८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको साधारणसभा तथा शाखा अधिवेशनको उद्घाटन प्रमुख अतिथि गोपालकुमार बस्नेतले गरेका थिए ।

बार्षिक उत्सवमा यसैवर्ष वीरता जेसीजद्वारा अक्षयकोष स्थापित दुई पुरस्कार वितरण गरिएको छ मदन ढकाल स्मृति वीरता जेसीज उत्कृष्ट पत्रकारिता पुरस्कार नयाँ पत्रिका दैनिकका झापा सम्वाददाता लक्ष्मी काफ्ले तथा दिलकुमार स्मृति वीरता जेसीज सक्रिय पूर्व अध्यक्ष पुरस्कार संस्थाका पूर्व अध्यक्ष विनोद बस्नेतलाई प्रदान गरिएको छ ।

पुरस्कारको राशि जनही १५ हजार पाँच रुपैयाँ रहेको पुरस्कार छनौट समितिका सदस्य  केशव भट्टराईले बताए ।

सो कार्यक्रममा अक्षयकोषका लागि दाता परिवार सावित्रा ढकाल, रेखा घिमिरे र लव घिमिरेलाई समेत सम्मान गरिएको छ ।

जेसीजले इलामको रोङ–६ सलकपुरस्थित मोतिराम माविको शैक्षिक विकासमा टेवा गर्ने कार्य अनुरुप एक थान कम्प्युटर सेट समेत  हस्तान्तरण  गरेको वीरता जेसीज अध्यक्ष एकराज कार्कीले बताए ।

संस्थाले भद्रपुर जेसीजको भवन निर्माणका लागि ११ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । सो रकम भद्रपुर जेसीजका अध्यक्ष सोम ढुंगेल र पूर्व अध्यक्ष रमेश पोखरेललाई उक्त रकम हस्तान्तरण गरियो ।

कार्यक्रममा सन् २०१८ मा वीरता जेसीजसँग विभिन्न कार्यक्रममा सहकार्य गर्ने संस्था, सहयोगी दाता, संयोजकको पदमा रहेर आफ्नै अगुवाईमा कार्यक्रम सम्पन्न गर्ने संयोजकहरु तथा दुर्घटना न्यूनीकरण महाअभियानमा सहयोग गर्ने व्यक्तिहरुलाई कदरपत्रद्वारा सम्मानित गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *