Sajhamanch Archive

नेपालको पर्यटनक्षेत्रमा टेवा पुर्याउन आए भारतीय सञ्चारकर्मी

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

मेचीनगर । झापा र इलामको पर्यटकीय स्थलको अध्ययनका लागि भारतीय सञ्चारकर्मीहरुको टोली झापा आइपुगेको छ । कोलकाता प्रेस क्लवका वरिष्ठ सदस्य एवम् प्रजाशक्ति दैनिक पत्रिकामा आवद्ध पत्रकार सन्दीय चक्रवर्तीको नेतृत्वमा कोलकातामा रहेर पत्रकारिता गरिरहेका तीन सदस्यीय टोलीले झापा आइपुगेको हो ।

भारतीय टोलीमा भारतीय सरकारी सञ्चारमाध्यम दूरदर्शन र अल इण्डिया रेडियोमा कार्यरत अभिजित चक्तवर्ती र द इकोनोमिक्समा कार्यरत श्रावणी बेनर्जी रहेकी छन् ।

जिल्ला ट्राभल संघ झापाले नेपाल आइपुगेका तीन भारतीय पत्रकारलाई स्वागत तथा सम्मान गर्नुका साथै पर्यटन व्यवसायी र नेपाली पत्रकारबीच परिचयात्मक र अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा संघका अध्यक्ष निरबहादुर कार्कीले काँकरभिट्टा नाकाले भुटान भारत र बंगलादेशलाई जोडेको र यी ठाउँमा पर्यटनका प्रचुर सम्भावना रहकाले पर्यटकलाई आर्कषण गर्न सक्ने कार्यक्रम ल्याउन जोड दिए ।

भारतीय टोली नेता चक्रवर्तीले झापा तथा इलामको सीमा क्षेत्रमा पर्ने सलकपुरक्षेत्रको होमस्टे र पर्यटकीय समभावनाको स्थलगत अवलोकन गर्ने विशेष कार्यक्रम लिएर नेपाल आएको बताए । उनले नेपाल र भारतको एदोग व्यवसायलाई समेत पर्यटनसँग जोड्न सकिने बताए । दुवै देशका उद्यागी व्यवसायी पर्यटन व्यवसायी सञ्चारकर्मीबीच सूचना आदान प्रदान गर्नु अत्यवश्यक रहेको उनको भनाई थियो ।

यदि पर्यटन क्षेत्रको विकास गर्न सके स्थानीयले रोजगारको अवसर समेत प्राप्त गर्ने र अहिले जसरी रोजगारको अवसर खोज्दैं विदेश जाने नेपालीको संख्या छ त्यो कम हुने चक्रवर्तीले विश्वास व्यक्त गरे ।‘ मैले सुनेको छु भारत नेपाल जंगली हात्तीको पीडाबाट अछुतो छैन्’ उनले भने—‘ तर, हात्तीबाट पनि पर्यटक आर्कषण गर्न सकिन्छ । ’ तर हरेक कुरा वातावरण, पर्यटनमैत्री हुनुपर्ने उनको तर्क छ ।

चक्रवर्तीले नेपाली पर्यटनका विषयमा सकरात्मक रिपोर्ट र डकुमेन्ट्री तयार पारेर नेपालको पर्यटनक्षेत्रको प्रवद्र्धन र विकासमा सघाउने धारणा व्यक्त गरेका थिए । उनले विश्वको अग्लो सर्वाेच्च शिखर सगरमाथा समेत रहेकोले पूर्वी नेपाल विश्वकै सवैभन्दा महत्वपूर्ण पर्यटकीय गन्तव्य भएको बताए । भारतका विभिन्न ठाउाँट नेपाल घुम्न आउने पर्यटकले नेपालको तुलनामा बास बसन तथा खान पिनका लागि आर्थिकरुपमा भारत नै सस्तो भएको भन्दैं भारतकै लज तथा होटलमा रात विताउने गरेको भारतीय टोलीको भनाई छ । चक्रवर्ती भन्छन—‘एकरात काँकरभिट्टामा विताउने पर्यटक बरु सिक्किम गएर बास बस्न खोज्छन कारण नेपालमा महंगो छ भन्ने एकखालको सोचाई छ ।’चित्रकलाका माध्यमबाट पर्यटकहरुलाई आर्कषण् गर्न सक्नुपर्ने उनको भनाई छ ।

कार्यक्रममा नेपाली पर्यटन व्यवसायी तथा जिल्ला ट्राभल संघ झापाका प्रमुख सल्लाहकार संयोजक शंकर भटट्राई, अध्यक्ष निरबहादुर कार्की, देही आर्टका प्रमुख चित्रकार छितेन शेर्पालगायतले नेपालका पर्यटकीय गन्तव्यका वारेमा भारतीय टोलीलाई जानकारी गराउनु भएको थियो । संघका अध्यक्ष कार्कीका अनुसार भारतीय पत्रकारहरुको टोली मेचीनगर—४ स्थित बाहुनडाँगी हुदैं सलकपुर, इलामको कन्याम, सन्दकपुर र झापाका केही पर्यटकीय क्षेत्रमा पुगेर स्थलगत अवलोकन गर्ने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *