Sajhamanch Archive

खरको छाना मुक्त बनाउने अभियान, सूर्योदय नगरपालिकाद्वारा विपन्न परिवारलाई जस्तापाता

Published: (Updated: ) in मुख्य समाचार, स्थानीय तह by .

फिक्कल । सूर्योदय नगरपालिकालाई खरको छाना मुक्त नगर बनाउने उद्देश्यले शनिबार नगरका विपन्न नागरिकलाई जस्तापाता वितरण गरेको छ ।

नगरका १४ वडाका बिपन्न तथा जीर्ण घरमा जीवनयापन गर्न बाध्य नगरबासीको घरलाई खरबाट टिनमा परिणत गर्दै नगरबासीको जीवनयापन सहज बनाउने उदेश्यले नगरले प्रत्येक वडाबाट वडा समितिले छनोट गरेका बिपन्न घरधुरीलाई जस्तापाता वितरण गरेको हो ।
नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच बिपन्न नगरबासीलाई जस्तापाता वितरण गरेको छ । नगर प्रमुख रणबहादुर राई, इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सीना, जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठ , नगर उपप्रमुख दुर्गादेवी भट्टराई वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु प्रशासकीय अधिकृत खगेन्द्र बर्देवा लगायतको उपस्थितिमा जस्तापाता हस्ताणतरण गरीएको वितरण गरिएको हो ।

सबै वडामा गरिएको अध्ययन अनुसार नगरमा हालसम्म खरको छाना भएको घरमा कष्टकर जिवन बिताउन बाध्य १ सय १९ घरधुरी रहेका छन् । नगर कार्यपालिकाले नगरलाई खर अर्थात फुसको छाना भएको घर मुक्त पार्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार नगरले जस्तापाता वितरण अभियानलाई तिब्रता दिएको छ । यसैबीच पहिलो चरणमा ६२ घर परिवारलाई जस्तापाता वितरण गर्ने नगर प्रमुख रणबहादुर राईले जानकारी दिए । नगरको विभिन्न क्षेत्रमा जाँदा खरको छाना भएको घरमा विपन्न नागरिक कठिन रुपमा बसिरहेको देखेकाले जस्तापाता वितरण गरिएको नगर प्रमुख राईले बताए ।

छानाबाट पानी चुहिने, भान्साको चुलो सम्म पानी चुहिने अवस्था देखेपछि अत्यन्तै दुख लागेकाले आवश्यक परामर्सपछि जस्ता पाता वितरण गर्ने निकर्षमा पुगेको उनले बताए । यसरी कष्टकर रुपमा बसोबास गर्दै आएका घर परिवारलाई क्रमशः जस्तापाता वितरण गर्दै लगिने नगरले जनाएको छ । स्थानीय सरकारनै नागरिकको नजिकको सरकार भएकोले पनि स्थानीय सरकारले यसरी नागरिकको आवश्यकता हेरेर कार्य अघि बढाउनु अत्यन्तै राम्रो कुरा भएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए ।

यता नगरपालिकाले जस्तापाता निःशुल्क उपलब्ध गराएर आफुहरु राहत भएको सूर्योदय नगरपालिका–२ का दिलबहादु राईले बताए । जस्तापाता पाईसकेपछि सूर्योदय नगरपालिका–१२ का गंगाबहादुर राईले भने “जिन्दगीनै यस्तै खरको घरमा बित्छ जस्तो लागेको थियो । तर, हाम्रो स्थानीय सरकारले हामीलाई सहयोग गरेर ठुलो गुण लगाएको छ, हाम्रो लागि पनि सरकार रहेछ भन्ने लागेको छ ।”

नगरले निःशुल्क जस्तापाता दिएपछि सूर्योदयन नगरपालिका–१२ का छबिलाल गौतमको पनि खुसीको सीमा नै थिएन । उनले नगरपालिकाले यसरी जस्तापाता उपलब्ध गराएकाले स्थानीय सरकार अभिभावक जस्तो लागेकोे । पहिलो चरणमा सूर्योदयनगरपालिका १ का पदमकुमार राई, फुर्वा तामाङ्ग सूर्योदयनगरपालिका–२ का दिलबहादुर राई, सूर्योदयनगरपालिका–१२ का छविलाल गौतम, गंगाबहादुर राईलगायत १४ घरपरिवारलाई जस्तापाता वितरण गरिएको छ । छनोटमा परेका सबैलाई चाँडै जस्तापाता वितरण गरिने वडा नम्बर ९ का अध्यक्ष तथा आर्थिक विकास समिति सयोंजक देबेन्द्र शर्माले जानकारी दिए ।

नगरले पहिलो चरणमा घरको आकार अनुसार कति बन्डल जस्ता आवश्यक पर्छ हेरेर १ देखि ५ बन्डलसम्म जस्तापाता वितरण गरिरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *