Sajhamanch Archive

झापाका कुखुरापालक किसानले खोरमा चल्ला नहाल्ने

Published: (Updated: ) in अर्थतन्त्र by .

बिर्तामोड । झापामा ब्यवसायिक कुखुरापालन गर्ने कृषकहरुले चिक्स होली डे घोषणा गरेका छन ।

नेपाल कुखुरापालक किसान संघ जिल्ला समिति झापाले आइतबार पत्रकार सम्मेलन गरी खोरमा चल्ला नहाल्ने घोषणा गरेको हो ।

संघकोे निर्णय अनुसार पुष १ गतेदेखि झापा जिल्लाभर रहेका कुखुरापालक कृषकहरुले खोरमा चल्ला नहाल्ने निर्णय गरेका हुन् ।

नेपाल कुखुरापालक किसान संघ झापाका अध्यक्ष राजन पौडेलको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा ह्याचरी ब्यवसायीले मनोमानी ढंगले चल्लादेखि दानासम्मको मूल्य वढाएपछि कृषकहरु आन्दोलित वनेको बताएका छन् ।

ब्यावसायिक कुखुरापालन गरेर आय आर्जनको सपना बुनिरहेका झापाली कृषकहरु कुखुरावाट एकाएक घाटा व्यहोर्नुपर्ने परिस्थिति आइपरे पछि आन्दोलित बनेका हुन् ।

पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय हुँदै स्थानीय तह समेतमा गुहार माग्न वाँकी नराखेको बताउँदै राज्यका कुनैपनि अंगले वास्ता नगरेको कृषकहरुको गुनासो छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *