Sajhamanch Archive

धुलो खाएका स्थानीयले यातायात सन्चालन रोके

Published: (Updated: ) in समाज, by .

कमल । झापाको कमल गाउँपालिका अन्तर्गत केर्खा, क्याम्पा बजार हुँदै बैगुनधुरासम्म जोड्ने सडकमा सवारी आवत जावत रोकिएको छ ।

एक वर्ष भन्दा बढी समय देखि मर्मतका लागी सडक भत्काए पनि मर्मत नभएपछि त्यहाँबाट निस्किएको धुलोका कारण हैरान भएका स्थानीयवासीले आइतबारबाट यातायात सन्चालन मा रोक लगाएका हुन् ।

सवारी सन्चालन रोकिएपछी केर्खा हुँदै दक्षिणी भेगमा जाने यात्रुलाई समस्या भएको छ ।

सडक निर्माणका लागी ठेक्का सम्झौता भएको १८ महिना वितिसक्दा पनि कुनै काम नगर्दा धुलोका कारण अहिले स्थानीय वासि विरामी हुन थालेको बताउँदै बाटो घरमा लगाइएका बाली नष्ट भएको सरोकार समितीका सदस्य योगेश सुब्बाले जानकारी दिए ।

सडक निर्माणका लागी ठेक्का पाएको कम्पनीले यसरी स्थानीय बासीको स्वास्थ्यसँग खेलवाड गरीरहँदा स्थानीय निकाय भने टुलुटुलु हेरिमात्र रहेकाले आफुहरुले सडक निर्माणमा दवाब दिन यातायत बन्द गरेको स्थानीयले बताए ।
यतिका महिनासम्म पनि सडक निर्माण कार्य नगरी सडक निर्माण जिम्मा लिएका रोशन– शाहा ईन्जिनियरिङ्ग जे भी कम्पनी भने मौन छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *