Sajhamanch Archive

विधान संशोधनको विषयलाई लिएर कांग्रेसभित्र विवाद चर्कियो

Published: in राजनीति by .

काठमाडौं । नेपाली कांग्रेसभित्र पार्टीको विधान संशोधन मस्यौदामा देखिएको विवाद चर्किएको छ ।

पार्टीको विधान मस्यौदामा पदाधिकारी संख्या बढाउनुपर्ने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको माग सम्बोधन नगर्ने अडानमा संस्थापन पक्ष रहेपछि कांग्रेसभित्र विवाद चर्कँदै गएको हो ।

त्यही समस्या समाधानका लागि सोमबार बिहान सिंहदरबारमा बसेको कांग्रेस पदाधिकारी बैठक पनि बिना निष्कर्ष सकिएको छ । साँझ केन्द्रीय कार्य समिति बैठकबाट यस विषयमा आवश्यक निर्णय लिने निर्णय गर्दै पदाधिकारी बैठक बिना निष्कर्ष सकिएको हो ।

पदाधिकारीको संख्या, केन्द्रीय कार्य समितिको प्रतिनिधित्वलगायतका केही विषयमा देखिएका समस्या साँझ बस्ने केन्द्रीय कार्य समिति बैठकले हल गर्ने निर्णय गर्दै पदाधिकारी बैठक सकिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

अहिले कांग्रेस नेतृत्व रामशाहपथस्थित योगम्बर पार्टी प्यालेसमा जारी महासमिति बैठकमा सहभागी भएका छन् । आज तेस्रो दिन कांग्रेस महासमिति बैठकको बन्दसत्र जारी छ ।

कांग्रेस महासमितिको बन्दसत्रमा राजनीतिक, आर्थिक, सांगठनिक र पार्टीको आयव्ययसम्बन्धी प्रतिवेदनमाथि छलफल भइरहेको छ । तर विधान मस्यौदामा भने सहमति नजुटेपछि अपरान्ह केन्द्रीय कार्य समितिको बैठक बोलाइएको हो । साँझ ६ बजेपछि बस्ने केन्दी्रय कार्य समिति बैठकले विधान मस्यौदामा पनि सहमति जुटाउने प्रवक्ता शर्माको दावी छ ।

महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान संशोधन मस्यौदा समितिले तयार पारेको विधानसम्बन्धी प्रतिवेदनमा काँग्रेस केन्द्रिर्य कार्य समितिमा अझै सहमति जुटन सकेको छैन । पार्टीको संस्थापन पक्ष र वरिष्ठ नेता पौडेल पक्षबीच सहमति नजुटेकै कारण त्यो प्रतिवेदन अझै महासमिति बैठकमा पेश हुन नसकेको हो ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *