Sajhamanch Archive

भाग्दै गरेका मेलम्ची आठ कर्मचारी पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको निर्माण जिम्मा लिएको इटालियन कम्पनी सिएमसी कामै नसकी भाग्‍न थालेको उजुरीपछि आठ कर्मचारीलाई पक्राउ गरिएको छ।

खानेपानी मन्त्रालयका उच्‍च अधिकारीको सुराकीको आधारमा आठ कर्मचारीलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ। महानगरीय अपराध महाशाखाका प्रमुख धिरजप्रताप सिंहले दरबारमार्ग वृत्तले आठ कर्मचारीलाई पक्राउ आइतबार राति ठमेलबाट पक्राउ गरेको जानकारी गराएका हुन्।

उनका अनुसार उनीहरू सके नेपालबाट नभए भारतबाट भाग्ने तयारीमा रहेकोले प्रकाउ गरिएको थियो। खानेपानी मन्त्रालयले १६ मंसिरमा मेलम्चीको पानी कम्तीमा ६६ दिनमा काठमाडौं आउने प्रतिवद्धता जनाएको थियो।

तर मेलम्ची हेर्ने खानेपानी विकास समितिले ठेकेदार कम्पनीले दुस्ख दिने भन्दै छिटै भुक्तानी दिनु पर्ने माग गरेका थिए। यस विषमाय खानपानी मन्त्रालयका प्रवक्ता शंकरप्रसाद सुवेदीले केही जानकारी नआएको बताएका छन्। मन्त्रालयमा छु अहिलेसम्म कुनै जानकारी आएको छैन यस्तो नहुनु पर्ने होु सुवेदीले भने।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *