सिलाई कटाई तालिमबाट ४० जना लाभान्वित
Published:
by .अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको आयोजनामा संचालित ६ महिने निःशुल्क सिलाई कटाई तालिम सम्पन्न भएको छ ।
अर्जुनधारा नगर स्तरीय संचालित सो तालिममा ४० जना महिलाहरुको सहभागिता रहेको थियो । दुईवटा केन्द्रमा प्रशिक्षार्थीले तालिम लिएको महिला तथा बालबालिका शाखाका पवित्रा बाँस्कोटाले जानकारी दिइन ।
नगरपालिकाले तालिमप्राप्त ४० जनालाई प्रमाणपत्र समेत उपलब्ध गराएको छ । उक्त प्रमाणपत्र नगर प्रमुख हरि कुमार राना र उप–प्रमुख कमला खतिवडाले सहभागिता जनाएका ४० प्रशिक्षार्थीलाई हस्तान्तरण गरेका थिए ।
तालिम समापन कार्यक्रमका अध्यक्ष रहेका नगर प्रमुख रानाले सिकेको सीप व्यवहारमा उतारेर आयमुलक काम गर्न यस तालिमले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए । मेसिन खरिद गर्ने नसक्ने प्रशिक्षार्थी व्यवसायी बन्न चाहेमा सरल मूल्यमा वित्तिय संघसंस्था सँग सहकार्य गर्न महिला तथा बालबालिका शाखालाई उनले निर्देशन समेत दिए ।
सोही अवसरमा नगर उप–प्रमुख कमला खतिवडा, बोर्ड सदस्य हरिमाया दाहाल, महिला तथा बालबालिका शाखा प्रमुख उमादेवी शर्मा, प्रेस क्लबका अध्यक्ष कुमार भट्टराई, लालीगुरासँ महिला समूहकी अध्यक्ष मेनुका काफ्ले, प्रशिक्षार्थी खेम कुमारी गौतम, दमन्ता पोख्रेल लगायतले बोलेका थिए ।
कार्यक्रमम समापन सँगै सोही दिन ३ महिना अवधि रहने गरी सिलाई कटाई तालिमको उद्घाटन समेत गरिएको छ ।
Comments