दक्ष र सीपयुक्त कामदारको परिश्रमबाट देशले समृद्धि हासिल गर्छः प्रम ओली
Published: (Updated: )
by .काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले दक्ष र सीपयुक्त कामदारको परिश्रमबाट मुलुकले आर्थिक समृद्धि हासिल गर्ने उल्लेख गरेका छन् ।
अन्तर्राष्ट्रिय आप्रवासन दिवश २०१८ को अवसरमा आज एक शुभकामना सन्देश दिंदैे प्रधानमन्त्री ओलीले नेपाल नविन सोचका साथ आर्थिक समृद्धिको यात्रामा अग्रसर रहेको उल्लेख गरेका हुन् ।
“देशलाई समृद्ध र सुखी बनाउन सबै तह र तप्काले क्रियाशिल हुनुपर्दछ । आर्थिक समृद्धिका लागि श्रमिकको योगदान अपरिहार्य छ” प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “नेपालमा श्रमिकको अधिकारका लागि नीतिगत तथा कानुनी आधार तयार भैसकेको छ भने योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यक्रम कार्यान्वयनको चरणमा छ । प्रधानमन्त्री रोजगार कार्यक्रम यसैको एउटा उदाहरण हो । ”
बर्षेनी लाखौं नेपाली यूवा रोजगारीका लागि विदेशिनु पर्ने बाध्यता हटाउन सरकार प्रतिवद्ध रहेको प्रधानमन्त्री ओलीकोे सन्देशमा उल्लेख छ । “स्वदेशमा आकर्षक रोजगारीका अवसर सृजना गरेर स्वदेश मै गरिखाने वातावरण तयार गर्न सरकार दृढतापूर्वक क्रिायशिल रहेको छ ।” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।
संयुक्त राष्ट्र संघले १८ डिसेम्बर १९९० मा पारित गरेको आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरुको अधिकार संरक्षण सम्बन्धि महासन्धीको नेपाल पक्ष राष्ट्र भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले आप्रवासी कामदारको हक,अधिकार सुरक्षा र संरक्षणमा सरकार गम्भिर रहेको उल्लेख गरे ।
Comments