Sajhamanch Archive

अस्पतालमा आगलागी आठजनाको मृत्यु, १४० घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

भारतको मुम्बईस्थित एक अस्पतालमा आगलागी हुँदा आठजनाको मृत्यु छ भने १३० जना भन्दा बढी घाइते भएका छन्।

मुम्बईको मरोल क्षेत्रस्थित इएसआईसी कामगार अस्पतालमा आगलागी भएको हो। सोमबार साँझ भएको आगलागी दमकल पुग्दासम्म ठूलो क्षति भएको भारतीय अधिकारीहरूले जनाएका छन्।

अस्पतालमा आगलागी भएपछि ज्यान जोगाउन छतबाट हाम फाल्दा धेरै व्यक्ति घाइते भएका बताइएको छ। अस्पतालको सबैभन्दो तल्लो तलाबाट आगलागी सुरु भएको हो। घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ। आगलागीको कारण खुल्न सकेको छैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *