सहमतिपछि खुल्यो केर्खा – बैन्गुनधुरा सडक
Published: (Updated: )
by .कमल । कमल गाउँपालिकासँग स्थानीयबासीको सहमति पछि आइतबारबाट बन्द केर्खा बैगुन्धुरा सडक आजबाट खुलेको छ । निर्माणाधिन सडकमा गाउँपालिकाले पानी हाल्ने र ठेक्केदारलाई तुरुन्त बोलाई काम सम्पन्न गर्ने गाउँपालिकाले प्रतिबद्धता जनाएपछि सडक खुलेको हो ।
ठक्केदारले विचैमा काम छाड्दा सडकबाट निस्किएको धुलोले स्वास्थमा समस्या आउन थालेपछि स्थानीयले सडक बन्द गरेका थिए । सडक निर्माणको ठेक्का पाएको शाहा ईन्जिनियरिङ्ग जे भी कम्पनिका ठेक्केदारले १८ महिनामा पनि ५० प्रतिशत काम नगरी काम छोडेर वेपत्ता भएपछि स्थानीयले सडक बन्द गरी दवाब दिएका हुन् ।
मंगलबार गाउँपालिकाका जनप्रतिनिधी र सडक निर्माण सरोकार समिति बीच छलफल गरी सडक बन्द तथा वडा कार्यलयमा लगाउने ताला बन्दिका सम्पूर्ण कार्यक्रम स्थकित भएको सडक निर्माण सरोबार समितिका संंयोजक रामचन्द्र बरालले जानकारी दिए । गाउँपालिकाको तर्फबाट उपापाध्यक्ष बेणु सिवाकोटीले ठेकदार र सम्बन्धित कार्यालयमा पटक–पटक कुरा गर्दापनि कुरा सुनुवाई नभएको र ठेक्केदारसँग गरिएको सम्झौता रद्ध गर्न कानुनी जटिलता भएकाले सडक निर्माण कार्य ढिलो भएको जानकारी दिए ।
सडक निर्माण गर्नका लागी ठेक्का पाएको रोशन– शाहा ईन्जिनियरिङ्ग जे भी कम्पनिको आगामी असार मसान्त सम्ममा म्याद सकिदै छ ।
म्याद सकिन केही महिना बाँकी रहँदासम्म ५० प्रतिशत पनि काम नभएपछि स्थानीयले लामो समय सास्ती व्यहोर्नु परेको छ । सडकबाट डुङडुङती उठ्ने धुलोले विद्यार्थीलाई समेत आउत जावतमा कठिनाई भएको अध्यक्ष सुब्बा बताउँछन् ।
Comments