Sajhamanch Archive

अर्जुनधारामा गीता जयन्ती मनाइयो

Published: in राष्ट्रिय समाचार by .

विर्तामोड । गीता जयन्तीको अवसर पारेर झापाको अर्जुनधारामा अवस्थित भगवत भक्ति आश्रमले गीता जयन्ती मनाएको छ ।

काशीमणि पितृस्मृति समूहको आयोजनामा प्रत्युत्पन्न मति प्रश्नोत्तर प्रतियोगिताबाट शुरु भएको वस्तुगत प्रश्नको लिखिततर्फ शंकराचार्य बेदबेदाङ्ग संस्कृत विद्यालय साधुटारका सन्देस सुवेदी प्रथम भएका थिए भने आयोजक भगवत भक्ति आश्रमका उज्वल सुवेदी दोस्रो, माधव संस्कृत विद्यालयका केवलकृष्ण न्यौपाने तेस्रो तथा सप्तऋषी गुरुकुलका निशान कोइराला शान्त्वना भएको विष्णुकुमार भट्टराईले जानकारी दिए ।

प्रतियोगितामा उत्कृष्ठ हुने विद्यार्थीलाई प्रमुख अतिथि तथा अतिथिहरुले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा विभिन्न ६ वटा गुरुकुलका १२ जना विद्यार्थीले भाग लिएका थिए ।

काशीमणि पितृ स्मृति समूहका अध्यक्ष तुलसीराम आचार्यको सभापतित्व तथा हरिनारायण भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ठ अतिथि तथा कञ्चनजंघा एफएमका धार्मिक कार्यक्रम प्रस्तोता रामकृष्ण ढकाल, आचार्य यामनाथ रिजाल, पं सूर्यकुमार सुवेदी, कृष्णप्रसाद भट्टराई, तोयानाथ रिमाल, लगायतले गीताज्ञान सम्बन्धी चर्चा गर्नुभएको थियो ।

विष्णुकुमार भट्टराईले सञ्चालन गरेको कार्यक्रममा स्वागत गणेश भट्टराईले गर्नुभएको थियो । भगवतभक्ति आश्रममा काशीमणि पितृस्मृति समूहको ब्यानरमा विगत १७ वर्षदेखि गीता जयन्ती मनाउँदै आएको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *