Sajhamanch Archive

अर्जुनधारा नगरका कर्मचारी चरणबद्ध आन्दोलनमा

Published: (Updated: ) in स्थानीय तह by .

अर्जुनधारा । स्थानीय तह ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समितिले ९ गतेसम्मका लागि विभिन्न चरणबद्ध आन्दोलन अगाडि सारेको छ ।

कर्मचारी समायोजन प्रक्रियासँगै नेपाल सरकारले स्थानीय तहका कर्मचारीलाई पनि समान व्यवहार गरी निजामति तहसम्म गरिने व्यवहार जस्ता माग अगाडि सारेको छ ।

नेपाल सरकारबाट २०७५ मंसीर २३ गते जारी भएको कर्मचारी समायोजन अध्याधेश २०७५ मार्फत पेशागत स्थायीत्व र कर्मचारी समायोजनका लागि सबै सेवामा समान व्यवहार नभएको भन्दै स्थानीय तह क्रियाशिल कर्मचारी संघसंगठन, युनियन, एसोसिएसन बिचको संयुक्त छलफलले आफ्नो माग राख्दै आन्दोलनमा दौडिएको स्थानीय निकाय हकहित संरक्षण समिति अर्जुनधाराका अध्यक्ष प्रदिप पुरीले बताए ।

माग राख्दै अगाडि बढेका अन्दोलनकारीहरुले स्थानीय तह अन्तर्गत जिल्ला समन्वय समिति, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका अविछिन्न रुपमा कार्यरत् कर्मचारी, अस्थायी, करार, ज्यालादारी, सामजिक परिचालकलाई सम्मानित सर्वोच्च अदालतले निर्देश गरे अनुसार कार्यान्वयनको व्यवस्था गरियोस् भन्दै स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८७ बमोजिम साविक स्थानीय निकायका कर्मचारीहरुको स्थायीत्व साथै सेवा निरन्तरताको व्यवस्था सोही अध्यादेशमार्फत गरियोस्, श्रेणी विहिन कर्मचारीहरुको स्थर वृद्धि साथै तहको बढुवा तत्काल लागू गरियोस् ।

आन्दोलनकारीले स्थानीय तहमा २ बजेसम्म कालो पट्टी बाँधेर कमल बन्द गरेका छन् भने पौष ५ गतेदेखि ९ गतेसम्म कालो पट्टी बाँधि कलम बन्द गर्ने निर्णय भएको जनाएका छन् ।

यलम्वर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *