Sajhamanch Archive

शिवसताक्षी नगर स्तरीय अन्तर विद्यालय तेस्रो रनिङ शिल्ड प्रतियोगिताको फाइनल खेल ५ र ६ गते हुने

Published: (Updated: ) in खेलकुद, विविधा by .

दूधे । शिवसताक्षी नगर स्तरीय अन्तर विद्यालय तेस्रो रनिङ शिल्ड प्रतियोगिताको फाइनल खेल पौष ५ र ६ गते हुने भएको छ । शिवसताक्षी भरिका सामुदायिक तथा संस्थागतव विद्यालयबाट छनौट भएर आएका विद्यार्थीहरु बीच फाइनल खेल हुने पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

शिवसताक्षी नगरपालिका शिक्षा शाखा अन्तर्गत दूधे स्रोतकेन्द्रको आयोजनामा भएको रनिङ शिल्ड प्रतियोगितामा ४ ओटा उपकेन्द्र बनाई प्रत्येक उपकेन्द्रबाट प्रतिस्पर्धा गरेर छनौट भएका विद्यार्थीहरु फाइनल खेलमा समावेश हुने प्रेस संयोजक गोविन्द काफ्लेले बताए । उनले
फाइनलका एथलेटिक्स तर्फका खेलहरु ५ गते गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा हुने अन्य खेलहरु ६ गते श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा हुने जानकारी दिए ।

विद्यार्थीहरुको अन्तरनिहीत क्षमताको विकास गर्दै विद्यार्थीहरु बीच सामुदायिक प्रयास र सामुहिक भावनाको विकास गर्न खेलले सहयोग गर्ने शिवसताक्षी नगरपालिका शिक्षा शाखा दूधे स्रोतकेन्द्रका स्रोतव्यक्ति कृष्णप्रसाद भण्डारीले बताए । उनले विद्यार्थीहरुबाट नगर स्तरीय टिम निर्माण गर्न र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि पनि यस खेलले टेवा पुग्ने जानकारी दिए ।

प्रतियोगितामा ५२ ओटा विधामा खेल सञ्चालन भइरहेको जानकारी गराइएको छ । सामुदायिक र संस्थागत विद्यालयहरुका ४ हजार ५ सय ६० जना विद्यार्थीले सहभागी जनाएका खेलमा प्रत्येक उपकेन्द्रबाट आएका विजेता र उप विजेताले फाइनल खेलमा सहभागी हुने खेल संयोजक कालीप्रसाद रिजालले जानकारी दिए । प्रतियोगिताको सबै विधाको फाइनल खेलमा २८२ जना पुरस्कृत हुने समेत जानकारी गराइएको छ।
उपकेन्द्रहरु जनआदर्श मा.वि शिवगज्ज, मोती मा.वि. मंगलबारे, भगवती मा.वि. व्याङ्गडाँडा र राष्ट्रिय रमणीय मा.वि. दूधेमा तोकिएको थियो ।
शिवसताक्षी नगरपालिकाको ५ लाख सहयोगमा रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गर्ने लक्ष्य लिएको स्रोतव्यक्ति भण्डारीले जानकारी दिए । उनले भने ३ ला ५० हजारमा रनिङ शिल्ड सम्पन्न गर्ने र १ लाख ५० हजार विद्यार्थीहरुको रुचि अनुसार अन्य खेलको आयोजना गरी पुरस्कृत गर्ने योजना छ ।

खेलमा प्रथम हुने विद्यालयले शिल्ड प्राप्त गर्ने छन् भने विद्यार्थीहरुले मेडल प्रमाण पत्र प्राप्त गर्ने प्रेस संयोजक गोविन्द काफ्ले जानकारी दिए ।फाइनल खेल सम्पन्न भएपछि ९ गते एक कार्यक्रको आयोजना गरी पुरस्कार वितरण गर्ने बताइएको छ ।पत्रकार सम्मेलनमा नगर खेलकुद विकास समितिका अध्यक्ष फूर्वा तामाङ, नगर शिक्षा संयोजक तथा वडा नं. ९ का वडाध्यक्ष छविलालल पाठक, शिक्षक श्रीप्रसाद खरेल लगायतको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *