Sajhamanch Archive

परराष्ट्रमन्त्री ज्ञवालीद्वारा एसिया तथा प्यासिफिक सुरक्षा मामिलाका उपचसचिव रन्डल श्राइभरसँग भेट

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

अमेरिका भ्रमणमा रहनु भएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बिहीबार एसिया तथा प्यासिफिक सुरक्षा मामिलाका उपचसचिव रन्डल श्राइभरसँग भेटवार्ता गर्नु भएको छ ।

अमेरिकाको राजधानी वाशिङ्टन डिसीमा भएको भेटमा आपसी हित र नेपाली सेनाको क्षमता विकासका बारेमा छलफल भएको परराष्ट्रमन्त्रालयले जनाएको छ । साथै उहाँले अमेरिकी राष्ट्रपति कार्यालयका एसिया प्रमुख लिसा कुर्टिसँग पनि भेटवार्ता गर्नु भएको छ ।

भेटमा द्धिपक्षीय व्यापार र आर्थिक सहायताका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि हिजो परराष्ट्रमन्त्री ज्ञवालीले अमेरिकी विदेशमन्त्री माइकल पोम्पियोसँग भेटवार्ता गर्नु भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *