Sajhamanch Archive

एसईई व्यवस्थापन केन्द्रबाटै : प्रश्न प्रदेशपिच्छे फरक गर्ने कि नगर्ने

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० पुनः केन्द्रले नै व्यवस्थापन गर्ने भएको छ ।

२०७५ सालदेखि प्रदेश सरकारले एसईई परीक्षाको व्यवस्थापन र सञ्चालन गर्ने भनिएपनि जनशक्ति अभाव र संयन्त्र तयार नभएको भन्दै केन्द्रले नै जिम्मेवारी निर्वाह गर्ने भएको छ ।

पुरानो परीक्षा नियन्त्रण कार्यालय गत असोजमा खारेज भएर अहिले नाम फेरिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० नामांकनसहितको कार्यालय अहिले खडा भएको छ ।

कार्यालयका नियन्त्रक विष्णुप्रसाद अधिकारीले अहिले आफूहरु संक्रमणकै अवस्थामा रहेको बताउँदै परीक्षाको नेतृत्व राष्ट्रिय परीक्षा बोर्डले नै गर्ने बताए ।

उनले सिद्धान्ततः यस वर्षबाट एसईई परीक्षा प्रदेशलेनै लिनुपर्ने हो तर प्रदेशको सबै संयन्त्र तयार भइनसकेकोले कापी व्यवस्थापन र परीक्षा सञ्ंचालनको काममात्रै प्रदेशलाई जिम्मा दिइएको जानकारी दिए ।

नियन्त्रक अधिकारीले यसपटक प्रश्नपत्रको तयारीदेखि नतिजा प्रकाशनको कामसमेत केन्द्रबाटै हुने बताउँदै २०७६ सालबाट प्रदेश स्तरमै परीक्षा सञ्चालन हुने जनाए ।

उनले कापीको छपाइ कार्य प्रदेशले गरिरहेको बताउँदै भने, “परीक्षा सञ्चालनको जिम्मेबारी प्रदेश सरकारलाई नै छ ।

व्यवस्थापन गर्छन् । कुन प्रदेशले कहाँको कापी जाँच्न पाउने वा नपाउने हामीले तय गर्छौ । तर, जँचाउने काम प्रदेशले गर्नेछ ।”

नियन्त्रक अधिकारीका अनुसार प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको शिक्षा विकास निर्देशनालयले परीक्षाको समन्वय गर्छ ।

उनले यस वर्ष गत वर्षको तुलनामा विद्यार्थी संख्या बढ्ने अवस्था देखिएको बताउँदै भने, ‘‘कुनै थप नयाँ व्यवस्थापन गर्नु पर्नेछ भने केन्द्रले निर्धारण गर्छ । नभए पुरानै चलन अनुसार शिक्षा समन्वय समिति र सिडियोको अध्यक्षतामा सञ्चालन हुनेछ ।’’

उनले परीक्षामा सम्मिलित हुने समग्र विद्यार्थी संख्या अहिले आइ नसकेको बताउँदै भने, ‘‘तर ५ लाखभन्दा बढी नहोला भन्ने प्रारम्भिक अनुमान छ ।’’

उनले अहिले ‘इन्ट्रि’ गर्ने काम बाँकी रहेको बताउँदै भने, ‘‘संख्या ४ लाख ८० हजार सम्म पुग्छ होला । गत वर्ष एसईईमा कूल ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी थिए ।’’

नियन्त्रक अधिकारीले आफूहरुले अहिले प्रश्नपत्र सेटिङ्को काम गरिरहेको बताए ।

उनले प्रश्नपत्र पनि प्रदेश अनुसार फरक हुने कि नहुने निर्णय नभएको जनाउँदै भने, ‘‘हाम्रो धारणा अनुसार अनिवार्य विषयको प्रश्नपत्र प्रदेशअनुसार फरक गर्ने हो कि भन्ने छ । तर, बोर्डले निर्णय गरेपछिमात्रै यस विषयमा केही भन्न मिल्छ ।’’

परीक्षा चैत्र १० बाट सुरु हुँदै

यस वर्षको एसईई परीक्षा चैत्रको १० गतेबाट सुरु हुने भएको छ ।
बोर्डले चैतको १० गते आइतबारबाट सुरु भई २१ गते बिहीबारसम्म जारी रहने जनाएको छ ।

परीक्षा विहान ८ देखि ११ बजेसम्म हुने तालिका सार्वजनिक गरिएको छ ।
बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *