भद्रपुरका जनप्रतिनिधिलाई विपद जोखिम न्यूनिकरण अभिमुखीकरण
Published: (Updated: )
by .भद्रपुर । झापा भद्रपुरका जनप्रतिनिधिहरुलाई विपद जोखिम न्यूनिकरणका उपाय, व्वस्थापकीय नीति–नियम तथा कार्ययोजना सम्बन्धी अभिमुखीकरण प्रदान गरिएपको छ ।
भद्रपुर नगरपालिकाको सभाहलमा बिहीबार जनप्रतिनिधिहरुलाई रेडक्रसले विपद जोखिम न्यूनिकरणका विषयमा अभिमुखीकरण प्रदान गरेको हो ।
रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ र नेपाल रेडक्रस सोसाइटी झापा शाखाको संयुक्त आयोजनामा सम्पन्न अभिमुखीकरणमा रेडक्रसको अन्तर्राष्ट्रिय संगठन (आईसीआरसी)–का कृष्ण केसी, रेडक्रस अन्तर्राष्ट्रिय महासंघ नेपालकी प्रतिनिधि निलम पराजुली, नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकाललगायतले विपद जोखिम न्यूनीकरणका विविध विषयमा सहजीकरण गरेका थिए ।
रेडक्रस झापा सभापति ढकालकै अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले भद्रपुरमा रेडक्रसकै सहकार्यमा नगरपालिकाले जोखिम न्यूनिकरणका लागि गर्नुपर्ने क्रियाकलाप, जोखिम व्यवस्थापन पूर्व तयारी कार्यका लागि गर्नुपर्ने क्रियाकलापलाई अघि बढाएको जानकारी दिए ।
रेडक्रसका कार्यक्रम अधिकृत अम्बर भण्डारीले सञ्चालन गरेको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेल, जिल्ला समन्वय समिति झापा उपप्रमुख मीना पराजुली, भद्रपुर नगरउपप्रमुख चन्द्रा श्रेष्ठलगायतले आउनसक्ने विपदका बारेमा सबै नागरिकले जानकारी राखेर बँच्ने उपाय खोज्नुपर्ने बताए । विपद रोक्न नसके पनि त्यसबाट जोगिने र क्षति कम गर्न सकिने उपायहरुलाई व्यवहारमा लागू गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका थिए ।
अभिमुखीकरणमा विपद जोखिम न्ूनिकरणका अन्तर्राष्ट्रिय अभ्यासहर, मूल्य–मान्यताहरु, राष्ट्रिय अभ्यासहरु, मूल्य–मान्यताहरु, विपदका संभावना क्षेत्रहरुका विषयमा सहभागीहरुलाई बताइएको सभापति ढकालले जानकारी दिए ।
Comments