Sajhamanch Archive

प्रस्तावित प्रधानन्यायाधीश  जबराविरुद्ध ५ ओटा उजुरी

Published: in राजनीति by .

काठमाडौं  । प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध अहिलेसम्म ५ वटा उजुरी परेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा रहेको संवैधानिक परिषदले मंसिर २७ गते जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि संघीय संसद सचिवालयको संसदीय सुनुवाई विशेष समितिले जबराविरुद्ध आउँदो बुधबारसम्म उजुरी दिन आह्वान गरेको छ ।

जबराविरुद्ध गएको शुक्रबारसम्म ५ वटा उजुरी परेका संसद सचिवालयका सहसचिव भरत गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार उजुरी गर्न आउँदो बुधबारभित्र सोझै उपस्थित भएर या फोन तथा इमेलमार्फत् गर्न सकिनेछ ।

उजुरीकर्ताले स्पष्ट परिचय खुलाएर उजुरी दिनुपर्नेछ । तर उजुरीकर्ताले चाहेमा परिचय गोप्य राखिने भन्दै आयोगले ढुक्क भएर उजुरी गर्न सकिनेछ । प्रस्तावित प्रधानन्यायाधीश जबराको आउँदो आइतबार संसदीय सुनुवाई गर्ने तयारी छ । संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक प्रावधान छ ।

उज्यालो 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *